अछाम- तीन दिनदेखिको वर्षाका कारण अछाममा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार तुर्माखाँद, ठाँटीकाँध र ढकारी पहिरोले बढी क्षति पुरयाएको छ।
शुक्रबार राति तुर्माखाँद पहिरोमा परी ४ जनाको मृत्यु भएको हो भने ७ जना बेपत्ता छन्। यस्तै, ठाँटीकाँधको पहिरोमा ९ जना बेपत्ता भएका छन्। ढकारीमा पहिरोले एक घर बगाएको र ३ जना बेपत्ता भएको अछाम प्रहरीले जानकारी दिएको छ।
पहिरो खसेका स्थानमा उद्धार र खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ। पहिरोकै कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।
क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी छ।