शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • १२ वर्षपछि एउटा प्रश्नको अन्त्य : नेपालले भारतलाई किन जित्न सक्दैन?

१२ वर्षपछि एउटा प्रश्नको अन्त्य : नेपालले भारतलाई किन जित्न सक्दैन?

रश्मिको प्रहारमा बलले गोलकिपरलाई बायाँतिर छोड्दै पोस्टको जालीसम्मको यात्रा तय गरेको थियो। यो गोलले दशरथ रंगशालामा उपस्थित भएका करिब साढे ७ हजार दर्शकको स्वर एकैपटक गुञ्जयमान भएको थियो।
 |  शुक्रबार, भदौ ३१, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- ‘फुटबलमा नेपालले भारतलाई जित्न सक्छ’ भनेर देखाउन चहान्थे नेपाली महिला फुटबल टिमका मूख्य प्रशिक्षक कुमार थापा। छैटौं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा उनले त्यो चमत्कार गरेरै देखाइदिए। साफ च्याम्पियनसिपमा भारतले पहिलो हार बेहोरेको ठिक तीन दिनपछि नै नेपालले भारतमाथि १-० को ऐतिहासिक जित निकालेको छ।

triton college

यो जितमा नायक रहिन् नेपाली फरवार्ड रश्मि घिसिङ। उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेपछि बनाएको अग्रतालाई जोगाउँदै जित निकालेको थियो। जित निकालेपछि प्रशिक्षक थापाले जितको श्रेय खेलाडीलाई दिएका छन्।

‘हामी लामो समयसम्म यहि र यस्तै जितको खोजीमा थियौं। साफमै १२ वर्षपछि जित सम्भव भएको छ,' उनले भने, 'मेरो भन्नु केही पनि छैन। खेलाडीले गरेर देखाएका छन्।’ 

भारतविरुद्ध नेपालले पहिलो पटक सफल आक्रमण गरेको हो। खेलको सातौं मिनेटमा नेपाली खेलाडी अनिता केसीले गरेको प्रहारलाई प्रिमियर क्लब वेस्ट ह्यामबाट खेलिसकेकी भारतीय गोलकिपर अदिती चौहानले बचाइन्।

नेपालले सुरुआतमा गोलप्रयास गरे पनि भारतले त्यसपछि केही समय नै दबाब दिएको थियो। अधिकांश मिडफिल्डमै बल घुमिरहेको अवस्थाबाट २१औं मिनेटमा भारतले लगातार दुई पटक प्रयास गर्‍यो।

corrent noodles
Metro Mart

फरवार्ड अन्जु तामाङ र प्रियंका देवी नरोयमले लगातार दुई पटक गरेको प्रहारलाई दुवै पटक नेपाली डिफेन्डरले बचाएका थिए। त्यस्तै खेलको २४औं मिनेटमा तामाङले सन्तोषलाई पास दिएकी थिइन्। पोस्टको छेवैमा रहेकी सन्तोषले गरेको प्रहार भने क्रसबार माथिबाट बाहिरिएको थियो।

खेलको ३०औं मिनेटमा भारतीय खेलाडी रेनुले २५ यार्डबाट प्रहार गरिन्। पोस्टको फ्रेममा रहेको उक्त बललाई नेपाली गोलकिपर एन्जिला तुम्बाप्पो शुब्बाले दायाँ साइडमा डाइभ गरेर मुस्किलले बचाएकी थिइन्। ३३औं मिनेटमा प्रीति राईले गरेको सुन्दर प्रहार क्रसबारको माथिबाट बाहिरियो। त्यतिबेला उनलाई अनिता केसीले ब्याकपास दिएकी थिइन्।

त्यस्तै, ३८औं मिनेटमा फरवार्ड रश्मिले नजिकैबाट पनि सुट गर्न सकिनन्। भारतीय डिफेन्डरको दबाबमा रहेकी उनले गोललाईन बाहिर प्रहार गर्न पुगिन्। त्यस्तै खेलको ४१औं मिनेटमा नेपाली खेलाडीले पेनाल्टी बक्सबाट पोस्टमा प्रहार गर्न सकेको थिएनन्।

पहिलो हाफमै दबाब महसुस गेपछि भारतले रेनुको ठाउँमा सोम्य गुगुलोथलाई मैदान छिराएको थियो। पहिलो हाफमा परिवर्तन किन? जवाफमा भारतका प्रशिक्षक सुरेन कुमार क्षेत्रीले भने, ‘पहिलो हाफमा भएको परिवर्तन टेक्निकल परिवर्तन भएको हो। हामीले उतिबेला नै डिसिजन गरेर पठाएको हो।’

तर पहिलो हाफको इन्ज्युरी समय नेपालको लागि विषेश रह्यो। प्रीतिले दायाँ खुट्टाले दिएको पासलाई रश्मिले केही सेकेन्ड होल्ड गरेर पोस्टतर्फ प्रहार गरेकी थिइन्। पोस्टमा एक नजर हेरेर उनले गरेको प्रहारमा बलले गोलकिपरलाई बायाँतिर छोड्दै पोस्टको जालीसम्मको यात्रा तय गरेको थियो। यो गोलले दशरथ रंगशालामा उपस्थित भएका करिब साढे ७ हजार दर्शकको स्वर एकैपटक गुञ्जयमान भएको थियो।

प्रकाशित: Sep 16, 2022| 22:51 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।