मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • चुनाव आउन दुई महिना बाँकी रहँदा सुदूरपश्‍चिममा थपिए दुई राज्यमन्त्री

चुनाव आउन दुई महिना बाँकी रहँदा सुदूरपश्‍चिममा थपिए दुई राज्यमन्त्री

सरकारले संघ र प्रदेश निर्वाचन घोषणा गरिसकेर दलहरु चुनावी अभियानमा होमिएको समयमा सुदूरपश्‍चिम सरकारले दुई राज्यमन्त्री थप गरेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं-सरकारले संघ र प्रदेश निर्वाचन घोषणा गरिसकेर दलहरु चुनावी अभियानमा होमिएको समयमा सुदूरपश्‍चिम सरकारले दुई राज्यमन्त्री थप गरेको छ। चुनाव हुन दुई महिना बाँकी रहँदा शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले २ जना राज्यमन्त्री थप गरेको हो। 

National life

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। 

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए।

दुबै एकीकृत समाजवादीका सांसद् हुन्। बुढाथोकी कैलाली -१ (क)  सोडारि अछामबाट प्रदेश सभा सदस्य हुन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 16, 2022| 19:28 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।