आइतबार, मंसिर ७, २०८२

भारतविरुद्ध विजयी हुँदै नेपाल फाइनल प्रवेश

नेपाली टोली छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनल प्रवेश गरेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाली टोली छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनल प्रवेश गरेको छ। शुक्रबार साँझ दशरथ रंगशालमा भएको सेमिफाइनल खेलमा भारतलाई १-० ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। 

पहिलो हाफको इन्ज्युरी समय नेपालको लागि विषेश रह्यो। नेपालकी रश्मि घिसिङले इन्ज्युरी समयमा गरेको प्रहार गोलमा परिणत भएको थियो।

पोस्टमा एक नजर हेरेर उनले गरेको प्रहारमा बलले गोलकिपरलाई बायाँतिर छोड्दै पोस्टको जालीसम्म पुगेको थियो। यो गालले दशरथ रंगशालामा उपस्थित भएका ७ हजार २५३ दर्शकको स्वर गुञ्जयमान भएको थियो। 

महिला साफको  इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो। नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन।नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन। 

समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। साथै भारत भने पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ। भारत यसअघिका सबै संस्करणको विजेता हो। भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ। नेपाल भने पाँचौं पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछ। यसअघिका सबै खेलमा भारतले फाइनलको यात्रा तय गरेको थियो। पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ। नेपालले सोमबार हुने फाइनलमा बंगलादेशको सामना गर्नेछ ।
प्रकाशित: Sep 16, 2022| 19:25 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।