आइतबार, वैशाख १६, २०८१

बालेनविरुद्ध किन खनियो एमाले?

अल्फाबिटाको उक्त संरचना भत्काएपछि भने एमाले नेताहरुले खुलेरै विरोध जनाउन थाले। लगत्तै एमाले नेता महेश बस्‍नेतले बालेनलाई आफूहरूनिकटका व्यापारीको सम्पत्तिमाथि डोजर चलाए एमालेले सशक्त प्रतिकार गर्ने चेतावनी दिएका थिए।
 |  शुक्रबार, भदौ ३१, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयरविरुद्ध नेकपा एमाले निकट संगठन जिफन्ट आन्दोलित भएको छ। एमाले निकट जिफन्टको संयोजनमा फुटपाथ व्यापारीहरु काठमाडौं महानगर कार्यालयमा पुगेर महानगरपालिका र मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध चर्को नाराबाजी गरे।

triton college

‘कि रोजगार देउ, कि स्वरोजगार हुन देउ,’ भन्दै व्यवसायीहरुले महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध नाराबाजी गर्दै कार्यलय घेराउ गरे। महानगरविरुद्धको उक्त आन्दोलनको नेतृत्व गरेको थियो, एमालेको नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)निकट नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटीले।

फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै आन्दोलनकारीले आक्रोश पोखेका थिए। 'रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गासबासको ग्यारेन्टी गर, नगर प्रहरीको अत्याचार बन्द गर, बाँच्‍न पाउने अधिकार सुनिश्चित गर' भन्दै उनीहरुले नाराबाजी गरेका थिए। साथै उनीहरुले महानगर प्रमुख शाहलाई भेटेर ज्ञापनपत्र बुझाउन गएको, तर मेयरले भेट्न नचाहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।

पछिल्लो समय महानगरले सडक पेटीबाट व्यापारी हटाउन थालेपछि उनीहरु संगठित भएका हुन्। एमालेको जिफन्टनिकट स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा संगठित भएका उनीहरु महानगरमा ज्ञापनपत्र बुझाउनसमेत गएका थिए। ज्ञापनपत्रमार्फत् एक हप्ताभित्र आफ्ना माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।


corrent noodles
Metro Mart

 


तर, महानगरले बेवास्ता गरेपछि उनीहरु आन्दोलनमा उत्रनुपर्‍यो। बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरु भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेका थिए। महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको संघको आरोप छ।

अल्फाबिटाको उक्त संरचना भत्काएपछि भने एमाले नेताहरुले खुलेरै विरोध जनाउन थाले। लगत्तै एमाले नेता महेश बस्‍नेतले बालेनलाई आफूहरूनिकटका व्यापारीको सम्पत्तिमाथि डोजर चलाए एमालेले सशक्त प्रतिकार गर्ने चेतावनी दिएका थिए। 

यसरी बालेनविरुद्ध आन्दोलन चर्काउन सक्रिय भूमिका खेलेको जिफन्ट नेकपा एमालेको जन वर्गीय संगठन हो। जिफन्टलाई एमालेले युवा संघ, अनेरास्ववियु पछि तेस्रो शक्तिशाली संगठनको रुपमा मान्यता दिएको छ। जिफन्टको अध्यक्षमा गत साउनमा दोस्रो कार्यकालका लागि विनोद श्रेष्ठ चयन भएका थिए। उनी एमालेको केन्द्रीय कमिटी सदस्यसमेत हुन्।

...त्यसपछि बालेनविरुद्ध सक्रिय भयो एमाले 

‘नियम सबैलाई लागु हुन्छ, नक्सा पासबिना बनाइएको संरचना हटाइन्छ’ भन्दै २३ साउनमा काठमाडौं महानगरका मेयरले नर्भिक इन्टरनेसनल हस्पिटलको टहरा हटाउन आदेश दिए। महानगरका कर्मचारीसहित पुगेका उनले नर्भिक अस्पतालका केही भू–भागहरूमा ‘नियमविपरीत निर्माण भएका घर-टहरा हटाउनेबारे’ लिखित सूचना टाँस्‍ने आदेश दिए।

तर, २४ घण्टे अल्टिमेटममा पनि अस्पतालले कुनै संरचना हटाएन। बरु गल्ती नभएको भन्दै सर्वोच्चमा रिट हाल्यो। उक्त रिटमाथि सर्वोच्चले अल्पकालीन आदेश दिँदै नर्भिक अस्पतालको भवन नभत्काउन भन्यो। त्यसपछि आक्रोशित बनेका बालेनले बानेश्वर क्षेत्रका भवनहरू अवलोकन गरे। र, अवैध रुपमा बनाइएका सबै संरचना हटाउन आदेश दिए। सूचना जारी गरेको ३५ दिनभित्र पनि व्यवसायीले बेवास्ता गरेपछि बालेन डोजर लिएर अवैध संरचना भत्काउन आफैँ हिडे। यसक्रममा उनले अनामनगरतर्फ जाने बाटोमा रहेको बानेश्वर कम्प्लेक्सको अन्डरग्राउन्ड पार्किङ खाली गराउनेदेखि अन्य क्षेत्रका अवैध संरचनामा डोजर चलाइसकेका छन्। 

त्यहीबीचमा बालेनको निशानामा पर्‍यो– बानेश्वरको अल्फाबिटा भवन। अल्फाबिटाको भवन अवलोकन गर्न पुगेका बालेनले अन्डरग्राउन्ड पार्किङ खाली गरिनुपर्ने र नक्सापासबिना बनाइएको संरचना हटाइनुपर्ने भने। तर, त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टै बालेनसँगै नक्सा मागे, नक्सापास गरेको र पार्किङ गर्ने नभनिएको दाबी गरे। 

अल्फाबिटा भत्काउन पुगेकार काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र सञ्‍चालबीच विवाद हुँदै। 

मेयरले आक्रोश पोख्दै थपे, ‘तपाईंको घरको नक्सा मसित हुनुपर्छ? तपाईंहरूको घरको नक्सा मसँग हुने कि तपाईंसँग?’ बालेनले पत्रिकामा निकालिएको ३५ दिने सूचना पनि देखाउँदै जंगिए, ‘यहाँ यत्रो नोटिस दिइएको छ, यो के हो? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन?’ 

यसरी केहीबेर बालेन र उनीबीच भनाभन नै भयो। भनाभन पछि बालेन महानगर कार्यलयमा आएर नक्सा नै लिएर डोजरसहित पुनः अल्फाबिटा गए। फार्मेसी सञ्‍चालनमा रहेको अवैध संरचना भत्काइदिए। 

त्यसबेलासम्म बालेनविरुद्ध कुनै दलले मुख फोरेका थिएनन्। तर अल्फाबिटाको उक्त संरचना भत्काएपछि भने एमाले नेताहरुले खुलेरै विरोध जनाउन थाले। अल्फाबिटामा डोजर चलेकै बेलुका चेतावनीको भाषामा एमाले नेता महेश बस्‍नेतले भनेका छन्-

‘बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको? 

१) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर?

२) हामीसँग नजिक भएर या फोटो लिएको कारण?

पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान नै। दोश्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुनेछौँ।’

अल्फाबिटा सञ्‍चालक एमालेनिकट रहेपछि एमालेकै अन्य कार्यकर्ताले पनि बालेनको कार्यको विरोध गरे। जसमा सबैभन्दा अगाडि एमाले सांसद् बस्‍नेत नै थिए। बस्‍नेतले बालेनको ‘आतंक’ नियन्त्रण गर्न बाध्य हुने बताएपछि उनी पनि आक्रोशमा आए। उनले तत्काल बस्‍नेतकै फेसबुक स्टाटसमा कमेन्ट गर्दै ‘तपाईंको घरको नक्सा पास गरेको छ कि छैन’ भनेर सोधे। 

बालेनले प्रतिप्रश्न गरेपछि बस्नेतले पुनः फेसबुकबाटै जवाफ दिए। उनले नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउन भने। उनले दुई चार सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि बालेनलाई भने। बरु डोजर चलाउन मन भए ड्राइभिङ सिकेर आउन भन्दै उनले व्यंग्य गरे।

बस्‍नेत र बालेनको यो जुहारी कार्यकर्तामाझ पनि फैलियो। एमालेनिकटहरु खुलेरै बालेनको विरुद्धमा लाग्‍न थाले। अल्फाबिटा नभत्काउन्जेलसम्म फुटपाथ व्यवसायीको ‘मर्का’ नदेखेको एमालेले उनीहरुको पक्षमा बोल्न थाल्यो। जबकी बालेनले त्यसअघि नै फुटपाथबाट व्यवसायीलाई हटाउन थालिसकेका थिए। तर त्यसबेला फुटपाथ व्यवसायीको विषयलाई लिएर एमालेले मुद्दा बनाएको थिएन।

अहिले फुटपाथ व्यवसायीको नाममा एमालेको जिफन्टनिकट नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आन्दोलन गरिरहेको छ। यसबाट अल्फाबिटाको विषयले बालेनसँग आक्रोशिन बनेको एमालेले फुटपाथ व्यवसायीको नाममा रिस पोखेको कतिपयले बताउने गरेका छन्। कतिपय एमालेका नेताहरुको उक्साहटमा आन्दोलन चर्काएको आरोप लगाएका छन्।

तर, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ पार्टीले उक्साएर आन्दोलनमा उत्रिएको भन्‍ने कुरा स्वीकार गर्न तयार छैनन्। फुटपाथ व्यवसायीको विकल्प नहेरी हचुवाको भरमा हटाएकोमा आफूहरुको आपत्ति रहेको उनले बताए। ‘हामीले व्यवसायीको हकहितमा बोलेको हो। यति बोल्न कसैले उकास्‍नुपर्दैन। यद्यपि, स्वभाविक रुपमा यस्ता विषयमा नेताहरुको साथ सहयोग नरहने कुरै भएन। त्यो स्वभाविक कुरा हो,’ उनले भने।

प्रकाशित: Sep 16, 2022| 18:43 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...