सोमबार, पुस २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भुटानविरुद्ध ८ गोल : दोस्रोपटक फाइनलमा पुग्दा बंगलादेशले भेट्टायो पहिलो लक्ष्य

भुटानविरुद्ध ८ गोल : दोस्रोपटक फाइनलमा पुग्दा बंगलादेशले भेट्टायो पहिलो लक्ष्य

फाइनल पुगेपछि आफ्नो पहिलो लक्ष्य पूरा भएको प्रशिक्षक गोलोन रब्बानी छोटोनले बताएका छन्।
 |  शुक्रबार, भदौ ३१, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- महिला साफ च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल पुगेको भुटान शुक्रबार दिउँसो बंगलादेशसँग हार व्यहोरेर बाहिरिएको छ। काठमाडौंमा जारी छैटौं संस्करणको क्षेत्रीय प्रतियोगितामा ८–० को फराकिलो अन्तरले भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको हो।

National life

बंगलादेशलाई फाइनलमा पुर्‍याउनका लागि उसको मिडफिल्डले उत्कृष्ट खेल प्रस्तुत गर्‍यो। बंगलादेशले दोस्रो पटक आगामी सोमबार साफको फाइनल खेल्नेछ। यसअघि सन् २०१६ मा पनि बंगलादेश फाइनलमा पुगेको थियो। त्यो संस्करणमा नेपालले भारतसँग सेमिफाइनलमा हार बेहोरेपछि बंगलादेश फाइनल पुगेको हो।

फाइनल पुगेपछि आफ्नो पहिलो लक्ष्य पूरा भएको प्रशिक्षक गोलोन रब्बानी छोटोनले बताएका छन्। ‘खेलाडीलाई बधाई दिन चहान्छु। हाम्रो प्रदर्शनमा पछिल्लो तीन खेलमा उस्तै खेलेका छन्। उस्तै प्रदर्शनसँग हामीले पहिलो लक्ष्य पूरा गरेका छौं,’ उनले भने। साथै छोटोले आफ्नो लक्ष्य उपाधि रहेको बताएका छन्।

आजै हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतको सामना गर्नेछ। यो खेलको विजेता टिमले बंगलादेशसँग खेल्नेछ। नेपाल र भारतमध्ये कुन प्रतिद्वन्द्वी ठिक लाग्छ भन्ने प्रश्नमा छोटोनले भने, ‘दुवै राम्रो छन्। जुनै भए पनि हुन्छ।’ 

आज ५–३–२ को डिफेन्सिभ फर्मेसनमा मैदान उत्रिए पनि भुटानले दोस्रो मिनेटमै गोल खानु परेको थियो। अघिल्लो खेलमा भारतलाई समेत चल्न नदिएको बंगलादेशले सेमिफाइनल खेलमा भने भुटानविरुद्ध ४–३–३ को फर्मेसनमा निस्किएको थियो। जहाँ बंगलादेशी एमएस जहान स्वपनाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाइन्। मैदानको दायाँ साइडबाट डिफेन्डर र गोलकिपरलाई बिट गर्दै स्वप्नले गोल गरेकी थिइन्। यससँगै बंगलादेशले खेलमा अग्रता बनायो।

Laxmi sunrise bank
kumari

त्यो गोलको केही मिनेटमै स्वप्न खेलबाट बारिनुपर्‍यो। भुटानी खेलाडीको खराब ट्याकलबाट घाइते भएपछि उनी बाहिरिएकी थिइन् भन रितु पोर्ना चक्मा मैदानभित्र प्रवेश गरेकी छन्। चोटबारे बंगलादेशका प्रशिक्षक छोटोनले भने, ‘स्वप्नाको ‘काल्फ मसल क्राम्प’ भएको छ। ब्याड ट्याक्कलले उनलाई चोट लागेको छ। उनको चोटबारे अहिले थप कुरा भन्न सकिने अवस्था छैन।’

प्रकाशित: Sep 16, 2022| 17:07 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।