बुधबार, असार ३, २०८३

२०७४ को बन्दसूची १ असोजदेखि स्वतः निष्कृय

२९ भदौमा राजनीतिक दलसँग गरिएको बैठकबाट प्राप्त सुझावका आधारमा आयोगले यस्तो निर्णय गरेको हो।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं– निर्वाचन आयोगले २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनका बेला समानुपातिक निर्वाचन प्रणालीका लागि पेस भएको बन्दसूची १ असोज राती १२ बजेदेखि कायम नरहने बताएको छ।

National life

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको २८ भदौको पत्र तथा २९ भदौमा राजनीतिक दलसँग गरिएको बैठकबाट प्राप्त सुझावका आधारमा आयोगले यस्तो निर्णय गरेको हो।

२०७४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरी आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची १ असोज राती १२ बजेदेखि स्वतः कायम नरहने गरी निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए।

उनका अनुसार आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, संघीय संसद्, राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दलहरूलाई उपलब्ध गराइनेछ भने नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भइसकेको छ। आगामी ४ मंसिरको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची २–३ असोजमा पेस गर्ने निर्वाचन कार्यतालिका छ।

प्रकाशित: Sep 16, 2022| 13:22 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...