शनिबार, वैशाख १५, २०८१

बोलाउनेबित्तिकै आइहाल्ने फुटबलको असल साथी बंगलादेश

नेपालले हरेक वर्षजसो बंगलादेशसँग खेलिरहेको छ। डेढ वर्षअघि पनि नेपालले काठमाडौंमा बंगलादेशसँग खेलेको थियो। नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेलेको खेलेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं– नेपालले बंगलादेश, मंगोलिया र लाओसलाई केही महिनाअघि मैत्रीपूर्ण फुटबल खेलका लागि निमन्त्रणा गरेको थियो। तर, नेपाली फुटबलको असल साथी बंगलादेशबाहेक अरु देशले जवाफ पठाएनन्। त्यसैले नेपालले आउँदो असोजको ११ गते बंगलादेशको सिनियर पुरुष फुटबल टिमसँग मैत्रीपूर्ण खेल्न लागेको छ।

triton college

‘नेपाली राष्ट्रिय फुटबल टिमले लामो समयसम्म खेल नखेलेका कारण एन्फाले बंगलादेशसँगको मैत्रीपूर्ण खेल आयोजना गरेको हो,’ प्रतियोगिताबारे जानकारी दिँदै एन्फाका प्रवक्ता सुरेश शाहले भने। त्यसो त प्रतियोगिताका लागि एन्फाले टिकट मूल्यबारे पनि जानकारी दिइसकेको छ।

दशरथ रंगशालामा नेपाल र बंगलादेशको खेल हेर्नका लागि साधारण प्यारापिटमा बस्न चाहनेले ५०० सय र भीआईपीमा बस्न चाहनेले एक हजारको टिकट काट्नुपर्ने छ। यही खेलका लागि भनेर अहिले राष्ट्रिय फुटबल टिममा ४० खेलाडी प्रशिक्षणमा रहेका छन्। एन्फाले यो मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

त्यसको केही समयमा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिइसकेका छन्। उनले एन्फालाई राजीनामा दिइसकेको उपाध्यक्ष विराटजंग शाहीले पुष्टि गरेका छन्। राष्ट्रिय टिमका खेलाडीसँग मुख्य प्रशिक्षककै विवाद बढेपछि उनीबारे एन्फाले छानबिन गरेको थियो। छानबिन समितिले छानबिन गरेर एन्फालाई प्रतिवेदन पनि बुझाएको थियो। सो प्रतिवेदनकै आधारमा एन्फाले प्रशिक्षक अलमुताइरीलाई एन्फाले केहि प्रश्न सोधेको थियो।

उनले भने, ‘हामीले अलमुताइरीलाई प्रश्न सोधका थियौं। त्यसपछि हामीले उसलाई बर्खास्त गर्नुअघि नै अब्दुल्लाहबाट राजीनामा आइसकेको छ।’ उनले अलमुताइरीबाट जवाफ आएको वा नआएको बारेमा भने स्पष्ट पारेनन्। मुख्य प्रशिक्षकले राजीनामा दिइसके पनि एन्फाले स्वीकृत गरिसकेको भने छैन। अब स्वीकृति हुन्छ कि हुँदैन त? उनले भने, ‘आउँदो कार्यसमिति बैठकमा राजीनामा स्वीकृत गर्दै अर्को मुख्य प्रशिक्षक नियुक्त गर्नेछौं।’

corrent noodles
Metro Mart
नेपालले हरेक वर्षजसो बंगलादेशसँग खेलिरहेको छ। डेढ वर्षअघि पनि नेपालले काठमाडौंमा बंगलादेशसँग खेलेको थियो। नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेलेको खेलेको छ। 

अहिले एन्फाले मुख्य प्रशिक्षक खोज्ने कामलाई अघि बढाएको छ। तर, एन्फाले अहिलेसम्म हेड कोचको लागि भ्याकेन्सी खोलिसकेको छैन। यद्यपि नयाँ प्रशिक्षक ल्याउनका लागि एएफसीसँग छलफल भइरहेको पनि जानकारी उनले दिए।

यसैबीचमा एन्फाले कार्यवाहक प्रशिक्षक राखेको हो। यो खेलबाट एन्फाले खेलाडीको अवस्था हेर्न पनि विश्वास गरिएको छ। ‘हामीसँग खेल नभइरहेको अवस्थामा खेलाडीलाई व्यस्त बनाउनका लागि खेल क्रियाकलाप बढाउनका लागि यो खेल आयोजना गरिएको हो। यसले वरीयतामा प्रभाव पारिरहेको छ,’ प्रवक्ता शाहले भने, ‘दुई महिनाबाट हाम्रो टिम अभ्यासमा रहेको छ। आशा गरौं, सकारात्मक नतिजा प्राप्त हुनेछ।’

यस्तोमा एन्फाले प्रदीपलाई नै निरन्तरता दिन सक्ने संकेत पनि शाहीले दिए। तर उनले यस विषयमा खुलेर केहि भनेनन्। तर राष्ट्रिय टिमको मुख्य प्रशिक्षक हुनका लागि प्रो लाइसेन्स अनिवार्य रहेको छ। प्रशिक्षक हुमागाईंसँग प्रो लाइसेन्स भने छैन।

एन्फा उपाध्यक्ष विराटगंग शाहीले भने, ‘अहिलेको प्रशिक्षक पनि राम्रो नै हो। यो प्रतियोगिता यसपछि थाहा हुन्छ यो कुरा। कार्यवाहक प्रशिक्षकलाई निरन्तरता दिनले विषयमा कार्यसमितिले नै निर्धारण गर्ने छ।’ उनी शाहीलाई एन्फाले बंगलादेशसँग हुने खलको आयोजक समितिको संयोजक तोकेको छ। उनको समितिले अब ४८ लाख लागत रहेको खेल काठमाडौंमा सञ्चालन गर्नेछ। फिफा विन्डोमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल साँझ ५ बजे सुरु हुनेछ।

‘एन्फाको नयाँ कार्यसमिति आइसकेपछि नेपालले कुवेतमा खेलिसकेको छ। अब खेलको संख्या बढाउँदै लाने हेतुले यो खेल आयोजना गरेको हो। प्रतियोगिता खेल्न बंगलादेशको टिम सेप्टेम्बर २३ मा नेपाल आइपुग्ने छ,’ संयोजक शाहीले भनेका छन्। उसले कम्बोडियासँग मैत्रीपूर्ण खेलेर नेपाल आउन लागेको हो। एक फिफा विन्डोमा दुई मैत्रीपूर्णको चलन भए पनि नेपालले चाहिँ एकमात्र मैत्रीपूर्ण खेल्न लागेको हो।

उनले अगाडि भने, ‘कुवेतमा खेलेपछि यो पहिलो खेल पनि हुनेछ। थप दुई देशलाई पनि आग्रह गरेका थियौं। बंगलादेशबाट पत्र आएपछि यो प्रतियोगिता गरेको हो। सबै कार्यक्रम तय भएपछि फेरि अर्को जानकारी हुने नै छ।’

नेपाल र बंगलादेशको फुटबल साइनो 

सन् २००३ मा बंगलादेशले पुरुष साफ च्याम्पियनसिप जितेको थियो भने नेपाल अहिलेसम्म फाइनलमा मात्र पुगेको छ। एक पटक विजेता बनेको टिम तीन वटामा तेस्रो भएको छ।

बंगलादेशविरुद्धको खेलबाट एन्फाले चाहेको के हो त? जवाफमा शाही भन्छन्, ‘यो मैत्रीपूर्णबाट हामी खेलाडीको रिफ्रेसमेन्ट गर्छाैं। दुई महिनाबाट खेल्न पाएको छैन। आउँदा प्रतियोगिताका लागि यसले तयार हुन्छ।’

त्यसो त नेपालले हरेक वर्षजसो बंगलादेशसँग खेलिरहेको छ। डेढ वर्षअघि पनि नेपालले काठमाडौंमा बंगलादेशसँग खेलेको थियो। नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेलेको खेलेको छ। त्यसमध्ये नेपालले ७ खेल जितेको छ भने तीन खेल बराबरी भएको थियो। बाँकी १३ खेलमा बंगलादेशले निकालेको छ।

सन् २००३ मा बंगलादेशले पुरुष साफ च्याम्पियनसिप जितेको थियो भने नेपाल अहिलेसम्म फाइनलमा मात्र पुगेको छ। एक पटक विजेता बनेको टिम तीन वटामा तेस्रो भएको छ।

तर अहिले बंगलादेश फिफा वरीयतामा नेपालभन्दा पछि रहेको छ। बंगलादेश १९२ औं स्थानमा हुँदा नेपाल चाहिँ १७६ औं स्थानमा रहेको छ। हरेक समय बंगलादेश नै किन बोलाउँछ नेपालले? ‘सम्बन्ध राम्रो भएर नै हामीले यो यस्तो खेल खेलिरहेको हो,’ शाहीले छोटो जवाफ दिएका छन्। अनि अरु टिम चाहिँ किन नबोलाएको नि? उनको जवाफ छ, ‘कोभिडको प्रोटोकलका कारणले पनि अरु टिम बेलाउन अप्ठ्यारो भइरहेको छ। कति देशमा बिना दर्शक पनि खेलाइरहेको छ। हामीले चाहिँ दर्शक राखेर खेलिरहेको हो।’

त्यसो त बंगलादेशले पनि कुनै ठूलो प्रतियोगिता अघि आपतकालिन मैत्रीपूर्ण खेल्नुपरेमा नेपाललाई बोलाउने गरेको छ। यसरी नै यी दुई टिमले आफ्नो सम्बन्ध निभाइरहेका छन्। तर २०७७ को चैतमा काठमाडौंमा नै आयोजना भएको थ्री नेसन्स कपमा नेपालले बंगलादेशलाई नै जितेर सो प्रतियोगिता उपाधि जितेको थियो। बंगलादेशसँगको त्यो खेल अर्को अर्थमा पनि महत्वपूर्ण रहेको थियो। त्यो हो गोल खडेरी तोड्ने सन्दर्भमा। नेपालले २०७७ को चैतमा बंगलादेशलाई गोल गर्दै आठ खेलको गोल खडेरी तोडेको थियो। त्यसअघि नेपालले अष्ट्रेलियासँग ५–०, जोर्डनसँग ३–०, म्यानमारसँग ३–०, कुवेतसँग १–० र बंगालदेसँग नै २–० को हार बेहोरिसकेको थियो।

त्यसपछिका तीन खेलमा नेपाले गोलरहित बराबरी खेलेको थियो। यसरी त्यो समयमा नेपालले गोलविहीन लामा यात्रा गर्यो। १० अक्टोबर २०१८ पछिको गोलविहीन यात्रा नेपालले मार्च २९, २०१९ मा तोड्यो। उक्त खेलमा नेपालका लागि संजोक राई र विशाल राईले गोल गरेका थिए। त्यसअघि एसिया कप र विश्वकपको संयुक्त छनोटअघि नेपाली टिम बंगलादेश पुगेको थियो। त्यहाँ एक खेलमा नेपालले हार बेहोरेको थियो भने अर्को खेल गोलरहित बराबरी भएको थियो।

दशरथ रंगशालामा यी दुई टिम
दक्षिण एसियामा नेपालको सबैभन्दा प्रिय प्रतिद्वन्द्वी भुटान हो। किनभने नेपालले भुटानलाई जहिले पनि जितिरहेको छ। नेपाली फुटबल पत्रकार हिमेशरत्न बज्राचार्य यसै भन्छन्। उनी भन्छन्, ‘नेपाली फुटबलको असल साथी हो बंगलादेश। अर्थात् यी दुई टिम चिरपरिचित प्रतिद्वन्द्वी हुन्।’

दशरथ रंगशालाकै कुरा गर्ने हो भने यी दुई टिमले तीन फाइनल खेलिसकेका छन्। सन् १९८४ को दक्षिण एसियाली महासंघीय खेलकुदको फाइनलमा यी दुई टिमले फाइनल खेलेका थिए। त्यो खेलमा नेपालले जित निकालेको थियो। 

सन् १९९९ साग गेम्सको फाइनलमा पनि यी दुई टिमले रंगशालामा फाइट गरेका थिए। तर त्यो खेलमा बंगलादेशले १–० ले जितेको थियो। त्यस्तै, डेढ वर्षअघि रंगशालामै भएको थ्री नेसन्स कपको फाइनल खेलमा नेपालले २–१ ले जित निकालेर उपाधि जितेको थियो।

प्रकाशित: Sep 16, 2022| 14:00 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।