आइतबार, मंसिर ७, २०८२

नवौं राष्ट्रिय खेलकुद : उपाधिका लागि भिड्दै आर्मी र पुलिस

समूह चरणको खेलमा आर्मीसँग पराजित भएको पुलिसको फाइनल भेट पुनः आर्मीसँग भएको हो।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३४औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच शुक्रबार खेल हुँदै छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फाइनल खेल शुक्रबार सवा १ बजे सुरु हुँदै छ।

National life

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबारको पहिलो खेल ओसिलो मैदानका कारण टस नै नभई रद्द हुँदा आर्मी समूह विजेताको रूपमा फाइनल पुगेको हो। अर्को टोली पुलिसले एनआरएनएलाई १३ रनले हराउँदै आर्मीसँगको भेट पक्का गरेको हो।

वर्षाले मैदान ओसिलो भएका कारण खेल नभएपछि समूह चरणमा हासिल गरेको उत्कृष्ट नतिजाका आधारमा आर्मी फाइनलमा स्थान बनाउन सफल भएको हो।

यता, समूह चरणको खेलमा आर्मीसँग पराजित भएको पुलिसको फाइनल भेट पुनः आर्मीसँग नै भएको छ। ओसिलो मैदानमा ८ ओभरमा घटाएर खेलाइएको खेलमा पुलिसले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा एनआरएनएले ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन मात्र जोड्न सक्यो। 

एनआरएनएका लागि कप्तान सुनम गौतमले विस्फोटक ब्याटिङ गरे। गौतमले २५ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक ४६ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन।

Laxmi sunrise bank
kumari

ओपनर सागर पुनले २० बलमा ३७ रनको व्यक्तिगत योगदान गरे। अर्का ओपनर दिनेश खरेल ४ रन र पृथु बास्कोटा १ रनमा अविजित रहे। एनआरएनएको तीन विकेट निकाल्ने क्रममा पुलिसका योगेन्द्रसिंह कार्कीले २ विकेट हात पार्दा पवन सर्राफको नाममा एक विकेट रह्यो।

यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ८ ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो। पुलिसका लागि म्यान अफ द म्याच आरिफ शेखले १५ बलमा व्यक्तिगत ३६ रनको स्कोर गरे।

कप्तान दीपेन्द्र सिंह ऐरीले १२ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रनको पारी खेले। यस्तै, करण केसीले २ छक्कासहित १८ रन बटुल्दा ओपनर कुशल भुर्तेल १२ रनमा पवेलियन फर्किए। गुल्सन झा ७ रनमा  र सुनिल धमला ६ तथा रासिद खान ३ रनमा रन आउट हुन पुगे।  

बलिङतर्फ एनआरएनएका दिवस गिरीले सर्वाधिक २ विकेट निकाल्दा दीपक क्षेत्री, सुनम गौतम र दिनेश खरेलले एक÷एक विकेट हात पारे।

पुरस्कार वितरण शुक्रबार ४ बजे हुने कार्यक्रम  छ। सुदूरपश्चिम प्रदेश र एनआरएनए स्पोर्ट्स एकेडेमीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Sep 16, 2022| 12:30 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।