शुक्रबार, जेठ १, २०८३

देवचुलीमा घाँसखेती गर्ने किसानलाई मलमा अनुदान

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ। 

National life

नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत  डा श्यामकृष्ण तिवारीले जानकारी दिए। 

देवचुली नगरपालिकाले यस कार्यक्रम सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिसकेको छ। ‘घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिनेसम्बन्धी कार्यविधि निर्माण गरिसकेका छौँ, कार्यक्रम निर्माण गरी कार्यान्वयनमा जान बाँकी छ’, पशु विकास अधिकृत तिवारीले भने।

पशुपालक किसानलाई दानामा हुने लागत घटाउन यस्तो कार्यक्रम गर्न लागिएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए। ‘घाँसखेतीमा आधारित उत्पादन कार्यक्रम सञ्चालन गर्दा लागत कम लागि किसान फाइदामा जान्छन् भन्ने हिसाबले यो कार्यक्रम गर्न लागेका हौँ’, नगरप्रमुख न्यौपानेले भने, यसले बाँझो जमिन सदुपयोग गर्नसमेत सघाउने छ। 

पशुपालक किसान उत्पादनमा लागत बढ्दा समस्यामा परेका छन्। नगरप्रमुख न्यौपानेले भने, ‘दानाको मूल्य बढ्दै जाने, अर्कातर्फ उत्पादित वस्तुको मूल्य लगानीको तुलनामा कम हुने, यसले गर्दा किसान मारमा छन्, हामी केही भए पनि नगरस्तरबाट किसानका समस्या समाधान गर्ने प्रयासमा छौँ।’ 

दानाको विकल्पमा  घाँस लगाउन सके किसानलाई राहत मिल्ने नगरप्रमुख न्यौपानेले बताए। नगरपालिकाले यससम्बन्धी कार्यविधि निर्माण गरिसकेको र कार्यक्रम कार्यान्वयनका लागि खासै समस्या नहुने उनको भनाइ छ। ‘यो नयाँ कार्यक्रम सुरुआत गर्ने तयारी गरेका छौँ, कार्यक्रम सञ्चालनका लागि नै स्रोतको समस्या हुन्छ जस्तो मलाई लाग्दैन, कहीँकतैबाट यो कार्यक्रम सञ्चालन गर्छौँ’, नगरप्रमुख न्यौपानेले भने। 

देवचुली नगरपालिका पशु विकास शाखाको तथ्याङ्कानुसार नगरभित्र व्यावसायिक पशुपालन गर्ने फार्मको सङ्ख्या पाँच सय ५९ रहेको छ। व्यावसायिक पशुपालनमा आवद्ध परिवारको सङ्ख्या भने दुई हजार पाँच सय ६० रहेको छ।   -रासस


प्रकाशित: Sep 16, 2022| 10:01 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।