बुधबार, साउन १३, २०८३

कांग्रेस नेता घिमिरेको निधन

नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ। नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्यसमेत रहेका घिमिरेको बिहीबार राति ८:१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीको तर्फबाट उम्मेदवार रहेका थिए । वि.सं. २०२५ सालमा जन्मिएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए। 

उनको आजै अपरान्ह १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

प्रकाशित: Sep 16, 2022| 09:17 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।