शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एकैदिन आठ हजारको आवेदन

म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एकैदिन आठ हजारको आवेदन

म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एकै दिन आठ हजारको आवेदन परेको छ। आवेदन खुलेको पहिलो दिन मधेस प्रदेशमा आठ हजारभन्दा बढीले आवेदन फारम भरेक‍ो बताइएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

जनकपुरधाम- म्यादी प्रहरीका लागि मधेस प्रदेशमा एकै दिन आठ हजारको आवेदन परेको छ। आवेदन खुलेको पहिलो दिन मधेस प्रदेशमा आठ हजारभन्दा बढीले आवेदन फारम भरेक‍ो बताइएको छ।

National life

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ।

बिहीबार मधेस प्रदेशका ८ जिल्लामा ८ हजार ४१३ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

आवेदन दिनेमा २ हजार २९७ महिला र ६ हजार ११६ पुरुष रहेका छन्। सबैभन्दा बढी सप्तरीमा १ हजार ६०३ जनाले आवेदन दिएका छन्। जसमा ४३५ महिला र १ हजार १६८ पुरुष छन्।

यस्तै सर्लाहीमा ३५९ महिलासहित १ हजार ४२२, सिरहामा ३७५ महिलासहित १ हजार ९४, धनुषामा २६२ महिलासहित १ हजार ८४, रौतहटमा १३६ महिलासहित १ हजार ६, महोत्तरीमा २६० महिलासहित ७८५, बारामा २४१ महिलासहित ७२७ र पर्सामा २९ महिलासहित ६९२ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 16, 2022| 08:10 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।