बिहीबार, असोज ८, २०८३

साउनमा तीव्र मूल्यवृद्धि

नेपाल राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ९.१८ प्रतिशत रहेको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ८.२६ प्रतिशतले मूल्यवृद्धि भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ४.३५ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ९.१८ प्रतिशत रहेको छ। 

२०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेस्टुरेन्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Sep 15, 2022| 18:11 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्