सोमबार, असार १, २०८३

अवैध मोबाइल ब्लक गर्ने एमडीएमएस शुभारम्भ

मुलुकको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ एमडीएमएस सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) शुभारम्भ गरेका छन्। मुलुकको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ एमडीएमएस सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। 

National life

यो प्रणाली लागू भएसँगै अवैध रूपमा आयात भएका मोबाइल प्राधिकरणले ब्लक गर्नेछ। २०७९ भदौ ३० गतेसम्म जुनसुकै तरिकाले भित्रिएका सबै फोनलाई वैध मान्दै अब आएका मोबाइलमा मात्र एमडिएमएस जाँच हुनेछन्। यो प्रणालीमा आबद्ध नभएका मोबाइल ब्लक हुन्छन् भने आजभन्दा अघि सञ्चालनमा रहेका सबै मोबाइल यसमा दर्ता भइसकेका छन्। अब भन्सार छलेर वा अवैध रूपमा भित्र्याइएका मोबाइल ब्लक गरिनेछन्। ब्लक गर्नुअघि प्राधिकरणले त्यस्ता मोबाइललाई दर्ता गर्न १५ दिन समय दिएको छ।

यो प्रणाली कार्यान्वयनमा आएसँगै अवैध चोरीपैठारी नहुने र राज्यको कर छलीसमेत कमी हुने विश्वास गरिएको छ। 

कार्यक्रममा मन्त्री कार्कीले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई दश वर्ष भित्रमा नेपाललाई दक्षिण एशीयामा सम्पन्न मुलुकको रुपमा चिनाउने अभियानको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै नसक्ने दावीसमेत गरेका थिए। 

मन्त्री कार्कीले निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको पटकपटक दोहोर्‍याएका थिए। 

Shivam cement

प्रकाशित: Sep 15, 2022| 16:51 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्