काठमाडौं–निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि छानबिन गर्न बनेको संसद्को महाभियोग सिफारिस समितिले बयानका क्रममा राणाले नाम लिएका कानुन व्यवसायीसँग छलफल सुरु गरेको छ। बयानकै लागि बिहीबार १ बजे बस्ने भनिएको समितिको बैठक ३ बजेका लागि सारिएको थियो।
समितिले नेपाल बार एसोसिएसनका निवर्तमान दुई पदाधिकारीसहित ७ कानुन व्यवसायीसँग राणाले लगाएको आरोपबारे उत्तर मागेको हो। बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौड्याल, बारका पूर्वअध्यक्ष शम्भु थापा, हरिहर दाहाल, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल सहभागी छन्।