सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बोल्यो परराष्ट्र : अग्निपथ योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ

बोल्यो परराष्ट्र : अग्निपथ योजनाबारे चुनावपछिको सरकारले निर्णय गर्छ

नेपाल अग्निपथ योजनामा सहभागी हुने/नहुनेबारे राष्ट्रिय सहमति आवश्यक पर्ने हुँदा तत्काल निर्णय हुने सम्भावना नभएको परराष्ट्र प्रवक्ता लम्सालको प्रस्टीकरण।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९
National life
Shivam cement

काठमाडौं– परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएको छ। चुनावपछि बन्ने सरकारले अग्निपथ योजनाबारे निर्णय गर्ने बिहीबार नियमित प्रेस सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस्तो बताएकी हुन्। 

भारतले अग्निपथ योजनामा नेपाली युवालाई  भर्ती गराउन चाहे पनि नेपालले यसबारे निर्णय गरिसकेको छैन। प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने÷नहुनेबारे राष्ट्रिय सहमति आवश्यक पर्ने हुँदा तत्काल निर्णय हुने सम्भावना नभएको जिकिर गरिन्। उनले भनिन्, ‘चुनावी सरकार भएकाले र राष्ट्रिय सहमतिसमेत आवश्यक पर्ने हुँदा तत्काल यो निर्णय हुने सम्भावना छैन।’

यसअघि बिहीबार मात्रै भारतीय सेनाप्रमुख मनोज पाण्डेले अग्निपथ योजनाबारे नेपालले समयमा निर्णय नलिए गोर्खा सैनिकका लागि छुट्याइएको कोटा फिर्ता लिएर अन्यलाई दिइने बताएका थिए। भारतमा बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले आयोजना गरेको कार्यक्रममा  सेनाध्यक्ष पाण्डेले अग्निपथ योजनाबारे नेपालले चुनावअघि कुनै निर्णय नगर्ने आशय व्यक्त गरेका थिए। 

प्रकाशित: Sep 15, 2022| 15:58 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...