मंगलबार, साउन १९, २०८३

प्रचण्डमाथि फेरि खनिए ओली, भने– मैले अंगालो मारेँ, उनले छुरी रोपे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन्।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन्। बिहीबार माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए।

उनले भने, ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो बामपन्थी आन्दोनल बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ। मैले अंगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन। प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे, म अलिकलि सचेत थिएँ। नभन्दै मैले अंगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे।’

ओलीले थपे, ‘म एकता, एकीकरण भन्ने अनि प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने।’ आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ। 

प्रकाशित: Sep 15, 2022| 15:01 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...