मंगलबार, साउन १९, २०८३

माओवादी चितवनका पूर्वअध्यक्ष परियार एमाले प्रवेश

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका केन्द्रीय सदस्य एवम् जिल्लाका पूर्वअध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन्।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका केन्द्रीय सदस्य एवम् जिल्लाका पूर्वअध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन्। परियारलाई बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका हुन्।

परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन्। जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो।

परियारसहित अन्य नेताहरु पनि चुनावको मुखमा एमाले प्रवेश गरेपछि चितवनमा माओवादी केन्द्रलाई धक्का पुग्ने आकलन गरिएको छ। 

पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा, सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य जेएन थपलिया, देवी ज्ञवालीलगायत सहभागी थिए।

प्रकाशित: Sep 15, 2022| 14:50 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...