मंगलबार, फागुन १९, २०८२

सेमिफाइनल खेल रद्द भएपछि आर्मी सिधै फाइनलमा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल रद्द भएपछि त्रिभुवन आर्मी क्लब सिधै फाइनलमा पुगेको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं– नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल रद्द भएपछि त्रिभुवन आर्मी क्लब सिधै फाइनलमा पुगेको छ।

पहिलो सेमिफाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्ने तय थियो। तर, बुधबार राति वर्षा भएपछि आजको खेल नै रद्द भयो। त्यसैले समूह चरणमा गरेको प्रदर्शनकै आधारमा आर्मी फाइनलमा पुगेको हो भने खेल्दै नखेली सुदूरपशिचम बाहिरियो।

यता यसअघि नै बलियो मानिएको बागमती प्रदेश र नेपाल एपीएफ क्लब पनि खेल्दै नखेली प्रतियोगिताबाट बाहिरिएका छन्। प्रतियोगिताका बलियो यि दुई टिमका सबै खेल वर्षाका कारण रद्द भए।

गएको भदौ २० गतेबाट काठमाडौंमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको हो। त्यसको समूह चरणको खेल बुधबार नै सकिएपछि बिहीबार बिहान पहिलो सेमिफाइनल आयोजना गरिएको थियो।

तर गएराति परेको भारी वर्षाका कारण मैदान ओसिलो भएपछि खेल रद्द भएको छ। जारी प्रतियोगिताका रद्द भएको यो १७ औं खेलसमेत हो। आजसम्म तय भएका २५ खेलमध्ये १७ खेल रद्द भइसकेका छन्।

kumari

प्रकाशित: Sep 15, 2022| 14:14 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।