सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिलले ल्यायो नेपालकै पहिलो एपमा आधारित ‘नबिल जेन अल्फा’

नबिलले ल्यायो नेपालकै पहिलो एपमा आधारित ‘नबिल जेन अल्फा’

राष्ट्रिय बाल दिवसका अवसर पारी नबिल बैंकले नेपालमै पहिलोपटक एपमा आधारित ‘नबिल जेन अल्फा‘ स्किम ल्याएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- राष्ट्रिय बाल दिवसका अवसर पारी नबिल बैंकले नेपालमै पहिलोपटक एपमा आधारित ‘नबिल जेन अल्फा‘ स्किम ल्याएको छ। 

National life

नबिल जेन अल्फाका ब्रान्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको साथ अरु विशिष्ठ अतिथिहरुकोे उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा नबिल जेन अल्फाको सार्वजनिक गरिएको हो। 

बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध गराउने बताए। ‘मोबाइलमा गेममात्र खेलेर बिताउने बालबालिकालाई नयाँ कुरा सिक्नका लागि एपले मद्दत गर्नेछ’, पौड्यालले भने, ‘एपमार्फत बच्चाहरुले सानो उमेरदेखि पैसाको महत्व बुझ्नेछन्।’

एप सार्वजनिक कार्यक्रममा सीईओ ढुंगानाले बालबालिकालाई वित्तीय साक्षरता सिकाउने उद्देश्यले जेन अल्फा बचत खाता बाल दिवसका अवसरमा सार्वजनिक गरिएको बताए। ‘घरमा रहेको खुत्रुकेमा बालबालिकाले राखेको पैसा जेन अल्फामार्फत डिजिटल खुत्रुकेमा राख्न सक्छन्’, उनले भने, ‘बालबालिकाले यस एपमार्फत खेल्दै पैसा बचत गर्न सिक्नेछन्।’

‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता हो। अभिभावकले यस एपमार्फत आफ्ना बालबालिकाका लागि दैनिक कार्यहरु सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन्।

Shivam cement

बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ। यो स्किममार्फत बालबालिकालाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ।

कार्यक्रममा बैंकका वरिष्ठ डेपुटी सीईओ सुजितकुमार शाक्यले जेन अल्फा नबिलले परिकल्पना गरेको नयाँ पुस्तालाई समृद्ध बनाउने बचत खाता भएको बताए। ‘बच्चाहरुको मोबाइल समयलाई सकारात्मक र केही सिक्नको लागि एपले सहयोगी भूमिका खेल्नेछ,’ शाक्यले थपे।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले नबिल बैंकले बाल दिवसको दिन बालबालिकालाई केन्द्रित गरेर जेन अल्फा ल्याएको र वित्तीय साक्षरता सिकाउने काम धेरै महत्वपूर्ण भएको बताए।

नबिल जेन अल्फा बचत खाताबाट बालबालिकालाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अतिआवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारीबोधका साथै त्यसतर्पm उत्पे्ररित गराउनका लागि विशेष भूमिका निभाउनेछ भन्नेमा नबिल बैंकले पूर्ण विश्वास लिएको छ।

जेन अल्फाका ब्रान्ड एम्बेसेडर पे्रन्सा रेग्मीले जेन अल्फाले आफूहरुजस्ता बालबालिकाले मोबाइलबाट खेल्नेमात्र नभएर नयाँ कुरा सिक्ने र बचत गर्ने बानीको विकास गर्न सक्ने बताए।

बैंकका अनुसार यस योजनाअन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय–समयमा मुद्दति खातामा जम्मा तथा बालबालिकालाई नबिल जेन अल्फा मोबाइल एपका माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्मेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्तिपश्चात पुरस्कृत पनि गर्न सकिनेजस्ता सुविधा प्रदान गरिएको छ।

नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्षसम्मका बालबालिका समाहित हुन सक्नेछन्। नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ। 

प्रकाशित: Sep 15, 2022| 15:05 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्