बिहीबार, असोज ८, २०८३

दक्षिण कोरियामा ग्लोबल आइएमईको अन्तरक्रिया

नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँका नेपालीहरूलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन्।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँका नेपालीहरूलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन्।

ग्लोबल आइएमई बैंकले सिओलमा शाखा सञ्चालन गर्न प्रकृया अगाडि बढाएको विज्ञप्तिमा उल्लेख छ। त्यसका लागि दक्षिण कोरियाको नियामक निकायबाट स्विकृति पर्खिरहेको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। उनले नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न नेपालीहरूलाई आग्रह गरेका छन्। अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताएका थिए।

अर्थमन्त्री शर्माले कोरियामा रहेका गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई बैंकका अध्यक्ष ढकालले गैरआवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरेका थिए।

आइएमई समूहले गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा लम्जुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको बताउँदै उनले पर्यटन, केबल कार, होटल, जलविद्युतलगायत अरू धेरै परियोजनाहरू पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैरआवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनाहरूमा काम गर्न सकिने ढकालले बताएका थिए।

दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरू नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि तयार रहेको बताएका थिए।


प्रकाशित: Sep 15, 2022| 14:55 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्