बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक ५,००० बीमा शूल्क बराबर हुन आउने बिमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजनाको लागि सम्झौता भएको हो।

बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलिले हस्ताक्षर गरेका थिए। उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेको उपस्थिति रहेको थियो।


प्रकाशित: Sep 15, 2022| 14:45 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्