बिहीबार, असोज ८, २०८३

सानिमा बैंकको दराजसँग सहकार्य

नेपालीहरूको महान चाड वडा दसैंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दसैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- नेपालीहरूको महान चाड वडा दसैंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दसैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ।

योजना अवधिभर ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने जनाएको छ। 

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिनेछ। छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। 

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी इएमआई सुविधा पनि प्राप्त गर्न सक्ने जनाएको छ। 

यो योजना २०७९ भदौ २९ देखि असोज ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ। साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहलाई मासिक किस्ताबन्दी इएमआई सुविधा लिँदा ५ सय रुपैयाँको क्यासब्याक पनि प्रदान गर्नेछ।  क्यासब्याक योजना असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। 

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय २७ वटा कार्यालय तथा १ सय २० वटा एटिएम सञ्चालनमा छन्।


प्रकाशित: Sep 15, 2022| 14:35 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्