सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनपीआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटलसँग सेञ्चुरी बैंकको सम्झौता

एनपीआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटलसँग सेञ्चुरी बैंकको सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपीआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपीआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

National life

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपीआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।

एनपीआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवा (ओ. पि. डी., फार्मेसी, सि.टी. स्क्यान बाहेक) शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का र एनपीआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका संचालक विष्णु कुँवरले हस्ताक्षर गरे।

साथै भरतपुर–१०, स्थित सिराइचुली होटलमा फुड एण्ड बेभरेजमा १०% र एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र सिराइचुली होटलका तर्फबाट रिसोर्टका संचालक बिष्णु घिमिरेले हस्ताक्षर गरेका छन्।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।  

Shivam cement

प्रकाशित: Sep 15, 2022| 14:20 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्