बिहीबार, असोज ८, २०८३

सोनमका उत्पादनमा ७० प्रतिशतसम्म छुट

शनिबारदेखि असोज १४ गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- शनिबारदेखि असोज १४ गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ।

यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ। यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ। विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ।

सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन्।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा सोनमका सोरुम छन्। साथै बुटवलमा यसै दशैभन्दा पहिला सोनमका सोरुम ओपन हुँदैछ।


प्रकाशित: Sep 15, 2022| 13:55 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्