बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टिभिएसको 'कायापलट' योजनाअन्तर्गत भुजेन्द्र मगरले पाए शतप्रतिशत क्यासब्याक

टिभिएसको 'कायापलट' योजनाअन्तर्गत भुजेन्द्र मगरले पाए शतप्रतिशत क्यासब्याक

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामक योजना सार्वजनिक गरेको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामक योजना सार्वजनिक गरेको छ। 

जसअनुसार आठौं दिन धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्सबाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाउन सफल भएका छन्। यस्तै स्याङ्जाका ईम वहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफ आइ स्कुटर किन्दा १ लाख चार हजार जितेका छन्। 

यस्तै, ललितपुरका असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफ आइ स्कुटर किन्दा २६ हजार हात पार्न सफल भएका छन्। यस्तै योजना बारे सोधपुछ गर्ने ८ जना ग्राहकहरूले रियलमी सी३० स्मार्ट फोन पनि जितेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन्।  योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको बताइएको छ। हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई स्मार्ट फोन प्रदान गरिन्छ। 

साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजनामा फाइनान्स अफर पनि समावेश छ। जस अन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा ४ हजार दुई सयको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरू छन्।


प्रकाशित: Sep 15, 2022| 13:39 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्