बिहीबार, असोज ८, २०८३

खुले उत्तरी छिमेकका दुवै नाका

चारदिने नेपाल भ्रमणमा आएका चिनियाँ सभामुख ली चान्सुसँगको भेटवार्तामा सरकारले चिनियाँ नाका खुलाइदिन आग्रह गरेको थियो।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं– डेढ महिनादेखि बन्दै चीनतर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन्। रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएका छन् भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाल आइपुगेको सम्बन्धित कार्यालयले बताएका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेका छन्। थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको उनले बताए। तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने अझै स्पष्ट भइनसकेको भन्सार कार्यालयले बताएको छ।

बिहीबार भित्रिएका कन्टेनरमा एउटामा कच्चा ऊन  र अर्कोमा जलविद्युत् पूर्वाधार सामग्री रहेको भन्सार कार्यालयको भनाइ छ। चारदिने नेपाल भ्रमणमा आएका चिनियाँ सभामुख ली चान्सुसँगको भेटवार्तामा सरकारले चिनियाँ नाका खुलाइदिन आग्रह गरेको थियो। चान्सु बिहीबार नै स्वदेश फर्किएका छन्।

प्रकाशित: Sep 15, 2022| 13:26 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्