शनिबार, जेठ ५, २०८१

नवौं राष्ट्रिय खेलकुद : सेमिफाइनल समीकरण पुरा

यससँगै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। यस अघि मंगलबार समूह ‘बी’ बाट दुई टोलीको टुङ्गो लागेको थियो। र, बुधबारको खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- नेपाल पुलिस क्लबमाथि बुधबार १३ रनको रोमाञ्चक जित निकाल्दै त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

triton college

यससँगै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। यस अघि मंगलबार समूह ‘बी’ बाट दुई टोलीको टुङ्गो लागेको थियो। र, बुधबारको खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार भएको दोस्रो खेलमा आर्मीले पुलिसमाथि जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको थियो। आर्मीले पाँच खेलबाट ८ अंक बनाएर समूह विजेता बन्दा ६ अंक जोडेको पुलिस उपविजेता बन्यो। पुलिससँगै कर्णाली प्रदेशको पनि समान ६ अंक भए पनि रन रेटको आधारमा अन्तिम चारमा पुग्नबाट वञ्चित भयो।

आर्मीले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो। आक्रामक ब्याटिङ गरेका आरिफ शेख २४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन। ओपनर कुशल भुर्तेल ९ रन जोड्ने क्रममा रन आउट हुँदा अर्का ओपनर सुनिल धमलाले २७ तथा दिलीप नाथले २३ रनको योगदान गरे। कप्तान दिपेन्द्र सिंह ऐरी २१ रनमा पवेलियन फर्किदा योगेन्द्र सिंह कार्की १४ रनमा रन आउट भए। यस्तै पवन सराफ १३ रनमा सहाब अलामको बलमा सोनु तामाङबाट क्याच आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। बलिङ तर्फ आर्मीका स्पिनर शाहब आलमले ४ ओभरमा २४ रन खर्चेर २ विकेट निकाल्दा सोमपाल कामीले ४ ओभरमा ४५ रन खर्चेर समान २ विकेट लिए। जितेन्द्र मुखिया र सुशन भारीको नाममा एक-एक विकेट रह्यो।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो। आर्मीका कप्तान विनोद भण्डारीले  ब्याटिङ गर्दै २९ बलमा २ चौका र ७ छक्कासहित ६६ रनमा अविजित रहे। म्यान अफ दि म्याच घोषित भएका भण्डारीले २२ बलमा अर्धशतक पूरा गरेका थिए।

corrent noodles
Metro Mart

यस्तै ओपनर अर्जुन साउदले ३४ बलमा ७ चौका र २ छक्कासहित ५३ रन बनाउने क्रममा करण केसीबाट रनआउट हुन पुगे। अर्का ओपनर हरि चौहान शून्यमा पवेलियन फर्किदा भीम सार्कीले १५ र रोहित पौडेलले १४ रनको पारी खेल्दै आर्मीको इनिङलाई अगाडि बढाउने प्रयास गरेका थिए। यस्तै राजेश पुलामी १४ रनमा पवेलियन फर्किए। १२ बल खेल्दा पुलामीले २ चौका प्रहार गरेका थिए।

यसअघि  एनआरएनए स्पोट्स एकेडेमी ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउन सफल भयो भने उपविजेताको रुपमा सुदूरपश्चिम प्रदेशले अन्तिम चारमा स्थान बनाएको थियो। सुदूरपश्चिम ४ खेलमा १ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै ४ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको हो। यता उपाधि दावेदार एपीएफ र बागमती प्रदेशका सबै खेलमा वर्षा बाधक बनेपछि कुनै पनि खेल खेल्न नपाई बाहिरिएका थिए। बागमती प्रदेश र एपीएफ ४–४ अंकका साथ तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिए। समान ४/४ अंक भए पनि सुदूरपश्चिमले एक खेलमा निकालेको जितको आधारमा सेमिफाइनलमा पुगेको हो।

अर्को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ८ रनले पराजित गरेको छ। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित १३ ओभरको खेलमा ७ विकेटको क्षतिमा ९३ रन जोड्यो । ९४ रनको जवाफी चुनौतीका साथ मैदान प्रवेश गरेको गण्डकी प्रदेशले निर्धारित १३ ओभरको खेलमा ९ विकेटको क्षतिमा ८५ रन जोड्न सफल भयो।

बिहीबार पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमबीच दिनको पहिलो खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता पुलिस र समूह ‘बी’ को विजेता एनआरएनएबीच प्रतिस्पर्धा हुनेछ। फाइनल शुक्रबार हुनेछ। बिहीबार तय भएका सेमिफाइनल खेल वर्षाका कारण हुन नसके समूह विजेता टोली फाइनलमा पुग्नेछन्।

प्रकाशित: Sep 15, 2022| 08:24 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।