सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा कायम गरेको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२७ रुपैयाँ ०३पैसा र बिक्री दर १२७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ५४ पैसा र बिक्री दर १४७ रुपैयाँ २३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४१ पैसा र बिक्री दर ८५ रुपैयाँ ८२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७९ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८ रुपैयाँ ९१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २३ पैसा र बिक्री दर १८ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७३ पैसा र बिक्री दर ३३ रुपैयाँ ८९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५१ पैसा र बिक्री दर ३४ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ११ पैसा र बिक्री दर ९ रुपैयाँ १६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Sep 15, 2022| 06:40 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्