मंगलबार, साउन १९, २०८३

नेविसंघको पूर्णता र चुनावी रणनीतिबारे छलफल

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले संघका पुर्व अध्यक्ष र पूर्व महामन्त्रीहरुसँग छलफल गरेको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले संघका पुर्व अध्यक्ष र पूर्व महामन्त्रीहरुसँग छलफल गरेको छ। 

बालुवाटारमा बुधबार भएको छलफल नेविसंघको पूर्णता र चुनावमा नेविसंघले परिचालनका विषयमा केन्द्रित भएको नेविसंघ नेता टेकराज अवस्थीले जानकारी दिए। उनका अनुसार नेविसंघको पृष्ठभूमिबाट आएकाहरुलाई आगामी संघ र प्रदेशमा उम्मेदवार बनाउनुपर्ने, त्रिविमा नेविसंघले गरेको आन्दोलनका बारेमा गरिएको गलत प्रचार रोक्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले दसैंअगाडि समितिलाई पूर्णता दिनका लागि पहल गरिदिन पनि आग्रह गरेको उनले जानकारी दिए। भेलामा उपस्थित पूर्व अध्यक्ष र महामन्त्रीहरुले जतिसक्दो चाँडो नेविसंघ केन्द्रीय समितिले पूर्णता पाउनु पर्ने र यसका लागि आफूहरुले पहल गर्ने बताएका थिए। 

मिति सकिएका जिल्ला र क्याम्पस समिति भंग गरेर नयाँ प्रक्रिया अनुसार अघि बढ्नु पर्ने विषयमा पनि छलफल भएको थियो। उनले भने, 'नेविसंघ कांग्रेसको नर्सरी हो। नर्सरीलाई बेवास्ता गरेर रुख बलियो हुनसक्दैन। आगामी संघ र प्रदेश निर्वाचनमा नेविसंघको भूमिका महत्वपूर्ण हुन्छ र पार्टीलाई चुनाव जित्‍नका लागि सहज हुन्छ। त्यसकारण तत्काल नेविसंघलाई पूर्णता दिएर अघि बढ्नुपर्दछ।'

भेलामा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय किशोर सिंह राठौर र बद्री पाण्डेलगायत केन्द्रीय सदस्यहरुको उपस्थित रहेको थियो। 


प्रकाशित: Sep 14, 2022| 21:48 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...