शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • चुनाव र सुरक्षा कारण देखाउँदै सर्‍यो नेपाल टी २० लिग फ्रेन्चाइज क्रिकेट

चुनाव र सुरक्षा कारण देखाउँदै सर्‍यो नेपाल टी २० लिग फ्रेन्चाइज क्रिकेट

नेपाल टी-२० को गभर्निङ डी क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आज एक सूचना जारी गर्दै प्रतियोगिता सरेको जानकारी दिएको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- काठमाडौंमा असोज ८ गतेबाट कात्तिक ५ गतेसम्म आयोजना हुने भनिएको नेपाल टी-२० लिग सरेको छ। नेपाल टी २० को गभर्निङ डी क्रिककेट एसोसिएसन अफ नेपाल (क्यान) ले आज एक सूचना जारी गर्दै प्रतियोगिता सरेको जानकारी दिएको हो।

triton college

अब यो फ्रेन्चाइज् लिग आउँदो डिसेम्बर ११  (प्रतावित मिति) बाट डिसेम्बर ३१ सम्म काठमाडौंमा गर्ने तयारी क्यानले गरेको छ। गत भदौ २९ गते नै गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले क्यानलाई पत्र लेख्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनको लागि सुरक्षाकर्मी खटिने भएकाले उपलब्ध गराउन नसक्ने जानकारी गराएको थियो। 

शाखाले क्यानलाई यो प्रतियोगिता आगमी मंसिर ४ गते हुने चुनावपछि गराउनका लागि पनि अनुरोध गरेको थियो। त्यसपछि आजै क्यानले सूचना सार्वजनिक गर्दै प्रतियोगिता डिसेम्बर २५ सम्मका लागि स्थगित गरेका जानकारी दिएको हो। 

‘क्यानले खेलाडीको सुरक्षलाई गम्भीरतापूर्वक लिएको छ,’ सूचनामा लेखिएको छ, ‘विदेशबाट आउने खेलाडीका लागि धेरै सूरक्षा चाहिने हुन्छ।’

प्रकाशित: Sep 14, 2022| 21:38 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।