शनिबार, जेठ ५, २०८१

नेपाललाई ४-० ले हराउँदै भारतले जित्यो यू–१७ साफ उपाधि

कोलम्बोमा भर्खरै सम्पन्न खेलमा प्रशान्त लक्सामले रेड कार्ड पाएसँगै नेपाल १० खेलाडी समेटिएको थियो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- श्रीलंकाको कोलम्बोमा बुधबार राति सम्पन्न यू-१७ साफ च्याम्पियनसिपमा नेपाललाई ४-० ले हराउँदै भारतले उपाधि जितेको छ। पहिलो हाफमै १० खेलाडीमा समेटिएको नेपाली टिमलाई हराउँदै भारतले उपाधि जितेको हो।

triton college

कोलम्बोमा भर्खरै सम्पन्न खेलमा प्रशान्त लक्सामले रेड कार्ड पाएसँगै नेपाल १० खेलाडी समेटिएको थियो। त्यस्तै, पहिलो हाफमै भारतसँग २ गोलले पछि परेको नेपालले दास्रो हाफमा दुई गोल बेहोरेको हो। भारतका लागि बबी सिंह, कोरोउ सिंह, भेनलालपेका गुइते र अमनले एक-एक गोल गरे।

खेलको १८ औं मिनेटमै भारतका सिंहले हेडमार्फत् गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। भारतका रिकी मिताइले बबी सिंहलाई पास दिएपछि गुइतेको चलाखीपूर्ण क्रसबाट सिंहले हेडर गर्दै गोल गरेका थिए। पोस्टअघि रहेका नेपाली गोलकिपर कृषल मोक्तान सो गोलमा निरिह रहे। उनले भारतको यो सेटपिस गोललाई बचाउन सकेनन्।

भारतलाई समूह चरणमा हराएको नेपालले फाइनलमा भने त्यसरी नै खेल्न भने सकेन। यता जितको भोक र पूर्ण शक्तिका साथ फाइनलमा निस्किएको भारतले भने खेलको केहि मिनेटबाटै पकड बनाउन थालेको थियो।

खेलको ३०औं मिनेटमा भारतले अग्रता दोब्बर गर्‍यो। सेन्टरबाट भेनलालपेका गुइतेले दिएको पासमा पेनाल्टी बक्सभित्र रहेका कोरोउ सिंहले सहजै नियन्त्रणमा लिएर पोस्टमा प्रहार गरेका थिए। पोस्टको बायाँ कुनातर्फ रहेका गोलकिपर मोक्तानले कोरोउ सिंहले पहिलो बारमा हानेको बललाई रोक्न सकेनन्।

corrent noodles
Metro Mart

पहिलो हाफको ३३औं मिनेटमा भारत गोलको अर्को अवसरमा चुकेको थियो। ३४औं मिनेटमा भारतका बबी सिंहको प्रहार भने नेपालका सेमन्त थापाले बचाएका थिए। ३८ औं मिनेटमा भारतको अर्को प्रहारलाई लक्षु् थापाले बचाएका थिए।

तर खेलको ३९औं मिनेट नेपालका लागि दुखद् रह्यो। भारतका मलेम्निगम्बा सिंहले नेपाली कप्तान प्रसान्त लक्सामलाई लडाएपछि प्रसान्तले सिंहको मुखमा प्रहार गरेका थिए। नजिकै सरेका रेफ्रीले प्रशान्तको प्रहारलाई ‘इन्टेन्सनल’ ठानेर सिधै रातो कार्ड देखाएपछि नेपाल १० खेलाडी समेटिएको थियो।

दोस्रो हाफमा भारतले आक्रामक र नेपालले डिफेन्सिभ सुरुवात गर्‍यो। ५१औं मिनेटमा भारतका ड्यानी मितेइ र बबी सिंहले अट्याकिङ थर्डमा प्रयास गरे पनि गोल गर्नबाट नेपाली डिफेन्डरले रोकेका थिए।

खेलको ६३औं मिनेटमा भारतले अग्रतालाई तीन गोलमा पुर्‍याएको थियो। जहाँ गुइतेले मैदानको दायाँ साइडको ‘नियरली इम्पोसिबल एंगल’ बाट दोस्रो बारतर्फ प्रहार गरेर गोल गरेका थिए। हेर्दा यो गोल निकै नै सुन्दर देखियो। यसपटक पनि गोलकिपर मोक्तान गोल रोक्नका लागि पुरा असफल रहे। उनको हातमाथिबाट गएको गोल सिधै जालीको सम्पर्कमा पुगेको थियो।

यो गोलसँगै नेपाल थप दबाबमा आएको थियो। खेलको ६७औं मिनेटमा बबी सिंहले हेडमार्फत गरेको प्रहार भने क्रसबारलाई नाघेर गएको थियो।

खेलको ७१औं मिनेटमा नेपालका धन सिंह बिकेले मैदानको बायाँ कुना नजिकैबाट गरेको प्रहार भने क्रसबारमा ठोक्किएर बाहिरिएको थियो। त्यसको दुई मिनेटपछि फ्ल्यांकबाट निरज कार्कीले दिएको ओभरहेड पासमा फरवार्ड सुजल राईले पोस्टअघिबाट प्रभावशाली प्रहार गरे पनि भारतीय गोलकिपर साहिलले बललाई सहजै बचाए।

८८औं मिनेटमा भारतका लालपेखुलाले गोलकिपरसँग वान टू वानको अवस्थामा गरेको प्रहारलाई गोलकिपर मोक्तानले बचाएका थिए। यता नेपालले भने अन्तिम समयसम्म गोलको प्रयास गरे पनि स्कोर गर्न भने सकेन।

भारतले स्टपेज समयमा अर्को गोल बेहोर्‍यो। जहाँ अमनले ६-यार्ड बक्स नजिकैबाट प्रहार गरेर गोल गरेका थिए। यो जितसँगै भारतले पुन एकपटक दक्षिण एसियाली फुटबलमा आफ्नो  दबदबा प्रस्तुत गरेको छ।

प्रकाशित: Sep 14, 2022| 21:25 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।