आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यू-१७ साफ फाइनल : पहिलो हाफमा प्रशान्तलाई 'रेड कार्ड', २ गोलले पछि पर्‍यो नेपाल

यू-१७ साफ फाइनल : पहिलो हाफमा प्रशान्तलाई 'रेड कार्ड', २ गोलले पछि पर्‍यो नेपाल

खेलको पहिलो हाफ सकिँदा नेपाल भारतसँग २ गोलले पछि परेको छ। भारतका लागि भेनलालपेका गुइते र कोरोउ सिंहले नेपाली टोलीविरुद्ध गोल गरेका छन्।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- श्रीलंकामा जारी यू-१७ साफ च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपाली टिम १० खेलाडीमा समेटिएको छ। कोलम्बोमा जारी खेलमा  प्रशान्त लक्सामले रेड कार्ड पाएसँगै नेपाल १० खेलाडी समेटिएको हो। 

National life

खेलको पहिलो हाफ सकिँदा नेपाल भारतसँग २ गोलले पछि परेको छ। भारतका लागि भेनलालपेका गुइते र कोरोउ सिंहले नेपाली टोलीविरुद्ध गोल गरेका छन्।

भारतका रिकी मिताइले बबी सिंहलाई पास दिएपछि सिंहको चलाखीपूर्ण क्रसबाट वनलालपेका गुइतेले हेडर गर्दै गोल गरेका थिए। पोस्टअघि रहेका नेपाली गोलकिपर कृषल मोक्तान सो गोलमा निरिह रहे। उनले भारतको यो सेटपिस गोललाई बचाउन सकेनन्।

भारतलाई समूह चरणमा हराएको नेपालले फाइनलमा भने त्यसरी नै खेल्न भने सकेन। यता जितको भोक र पूर्ण शक्तिका साथ फाइनलमा निस्किएको भारतले भने खेलको केही मिनेटबाटै पकड बनाउन थालेको थियो।

खेलको ३०औं मिनेटमा भारतले अग्रता दोब्बर बनायो। सेन्टरबाट भेनलालपेका गुइतेले दिएको पासमा पेनाल्टी बक्सभित्र रहेका कोरोउ सिंहले सहजै नियन्त्रणमा लिएर पोस्टमा प्रहार गरेका थिए। पोस्टको बायाँ कुनातर्फ रहेका गोलकिपर मोक्तानले कोरोउ सिंहले पहिलो बारमा हानेको बललाई रोक्न सकेनन्।

Laxmi sunrise bank
kumari

पहिलो हाफको ३३औं मिनेटमा भारत गोलको अर्को अवसरमा चुकेको थियो। ३४औं मिनेटमा भारतका बबी सिंहको प्रहार भने नेपालका सेमन्त थापाले बचाएका थिए। ३८औं मिनेटमा भारतको अर्को प्रहारलाई लक्षु थापाले बचाएका थिए।

तर खेलको ३९औं मिनेट नेपालका लागि दुखद् रह्यो। जतिबेला नेपाल १० खेलाडीमा समेटिएको थियो। त्यहाँ भारतका मलेम्निगम्बा सिंहले नेपाली कप्तान प्रसान्त लक्सामलाई लडाएपछि प्रशान्तले सिंहको मुखमा प्रहार गरेका थिए। नजिकै सरेका रेफ्रीले प्रशान्तको प्रहारलाई ‘इन्टेन्सनल’ ठानेर सिधै रातो कार्ड देखाएपछि नेपाल १० खेलाडी समेटिएको थियो।

त्यसपछि नेपाल र भारत दुवैले खेलको गतिमा कम गरेका थिए। दुई गोलले पछि परेको अवस्थामा नेपालले कप्तान गुमाएको छ। 

प्रकाशित: Sep 14, 2022| 20:20 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।