मंगलबार, साउन १९, २०८३

चिनियाँ सभामुख र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

अवसरमा दुई देशबीच रहीआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष (सभामुख) ली चान्सुबीच भेटवार्ता भएको छ। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच शिष्टाचार भेट भएको हो। 

अवसरमा दुई देशबीच रहीआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। 

भेटका अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी थिइन्। 

प्रकाशित: Sep 14, 2022| 19:19 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...