मंगलबार, साउन १९, २०८३

सकियो कांग्रेस बैठक, उम्मेदवार चयनको मापदण्ड पारित

'प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको छ,' ती पदाधिकारीले भने।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उम्मेदवार चयनको मापदण्ड पारित गरेको छ। मंगलबार भएको बैठकले मापदण्ड पारित गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए। 

उनका अनुसार स्थानीय तहमा उम्मेदवार भएकालाई प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवार नबनाउने मापदण्डमा उल्लेख छ। यस्तै अघिल्लो पटक समानुपातिक सांसद बनेकालाई यसपटक सोही कोटामा उम्मेदवार नबनाउने उल्लेख गरेको छ। 

'प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको छ,' ती पदाधिकारीले भने। 

तलबाट सिफारिस भएकामध्ये योग्यता, इमान्दारिता, नैतिकता र स्थानीय स्तरमा लोकप्रियलाई टिकट दिइनेछ। यसअघि सिट बाँडफाँटको काम ८० प्रतिशत टुंगो लागेको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले बैठकमा जानकारी गराएका थिए। 


प्रकाशित: Sep 14, 2022| 18:47 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...