मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपा प्रवेशको अन्तिम तयारीमा रवीन्द्र मिश्र, पहिलो वरीयताको उपाध्यक्ष हुने

राप्रपा प्रवेशको अन्तिम तयारीमा रवीन्द्र मिश्र, पहिलो वरीयताको उपाध्यक्ष हुने

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर उनी राप्रपा प्रवेश गर्न लागेका हुन्।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर उनी राप्रपा प्रवेश गर्न लागेका हुन्। 

राप्रपा प्रवेशका लागि मिश्र लामो समययता संवादमा थिए। पार्टीमा उनले सहअध्यक्षको दाबी गर्दै आए पनि दोस्रो वरीयताको उपाध्यक्षमा कुरा मिलेको बताइएको छ। राप्रपामा ६ जना उपाध्यक्ष छन् र पार्टीमा ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्था विधानमा छ।

राप्रपामा प्रवेश गरेर मिश्र काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। मिश्रले असोज पहिलो साता औपचारिक रुपमा उम्मेदवारी घोषणा हुने बताइसकेका छन्। संविधान दिवसको दिन (३ असोज)मा मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक हुँदैछ। सोही दिन उनले आफ्नो उम्मेदवारी घोषणा गर्ने बताइएको छ।

२०७४ सालको चुनावमा मिश्र काठमाडौं–१ बाट उठेका थिए, विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा। त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए। सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए। 

मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए। स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै उनले राजीनामा दिएका हुन्।

प्रकाशित: Sep 14, 2022| 18:00 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...