मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउन सभापति देउवाले बोलाए बैठक

समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउन सभापति देउवाले बोलाए बैठक

निर्वाचन आयोगले २ र ३ असोजमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन मिति तोकेको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिकतर्फका उम्मेदवार तय गर्ने विषयमा छलफल गर्न पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

देउवाले चुनावको तयारीका विषयमा छलफल गर्न बैठक बोलाएको सह–महामन्त्री जीवन परियारले जानकारी दिए। उनले भने, ‘सभापतिले आगामी निर्वाचनमा उम्मेदवार चयनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरिरहनुभएको छ।’

निर्वाचन आयोगले २ र ३ असोजमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन मिति तोकेको छ। कांग्रेसको विधानबमोजिम क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको सूची केन्द्रीय समितिमा बुझाइसकेका छन्। विधानबमोजिम कांग्रेसमा केन्द्रीय संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ। तर अहिले संसदीय समिति भने अपूरो छ। 

सभापति देउवाले समितिमा छलफल गर्नुअघि पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूलाई बोलाएर त्यसबारे छलफल गर्न लागेका हुन्। २५ सदस्यीय हुने संसदीय समितिमा भने अहिले सभापतिसहित १३ पदाधिकारी र नेता रामचन्द्र पौडेल मात्रै मनोनीत छन्।

कांग्रेसमा उम्मेदवार चयनमा केन्द्रीय संसदीय समितिको निर्णय नै अन्तिम हुने व्यवस्था छ। समितिको निर्णयबमोजिम सभापति देउवाले उम्मेदवारलाई मनोनयन–पत्र दिनेछन्।

प्रकाशित: Sep 14, 2022| 17:26 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...