मंगलबार, साउन १९, २०८३

नेकपा एसभित्र टिकटका लागि लम्बेतान लाइन : नेता नेपाल

दुई कदम पनि हिँड्न नसक्ने वृद्धहरूले समेत टिकटका लागि मरिहत्ते गरेको नेता नेपालको खुलासा।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उठ्ने आकांक्षीहरूको लम्बेतान लाइनका कारण व्यवस्थापन असहज भएको बताएका  छन्। 

बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा उठेर दुई कदम पनि हिँड्न नसक्ने वृद्धहरूले समेत टिकटका लागि मरिहत्ते गरेको नेता नेपालले खुलासा गरे। 

उनले भने, ‘पहिले चुनाव नलड्न नपाए हुन्थ्यो भन्नेहरूले पनि अहिले टिकट लिन हानथाप गरिरहेका छन्। व्यवस्थापन गर्न असाध्यै मुस्किल भएको छ।’ 

सबैलाई टिकट चाहिएको र नपाउनेहरू कतै बेहोसै हुन्छन् कि भन्ने अवस्था रहेको उनले सुनाए। अध्यक्ष नेपालले नेता, कार्यकर्तालाई कुनै व्यवसाय  वा रोजगारीमा जोडिन आग्रह गरे।

प्रकाशित: Sep 14, 2022| 16:48 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...