सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोग सीमा तोक्न नेता गगनको सुझाव

सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोग सीमा तोक्न नेता गगनको सुझाव

सरकारी कार्यालयमा ६० देखि ७० प्रतिशत स्वदेशी उत्पादन उपभोग अनिवार्य गर्न सकिए स्वदेशी उद्योगको उत्पादन बढाउन सकिने नेता थापाको तर्क।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोग सीमा अनिवार्य तोक्नुपर्ने बताएका छन्। उनले ६० देखि ७० प्रतिशतसम्म स्वदेशी उत्पादन उपभोग गर्न सकिए देशभित्रका उद्योग, व्यवसायले गति लिने दाबी गरे।

National life

बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणापत्र कार्यक्रममा नेता थापाले यस्तो बताएका हुन्।

स्वदेशी उद्योग जोगाउन र स्वदेशी उत्पादन स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्न सरकारी कार्यालयमा उपभोग हुने कुल वस्तुको ६० देखि ७० प्रतिशत स्वदेशी नै हुनुपर्ने सीमा तोकिनुपर्ने थापाको सुझाव छ।

‘सरकारी कार्यालयमा कुल उपभोगको ६०–७० प्रतिशत स्वदेशी हुनैपर्ने गरी सीमा तोकौं। देशमा सर्वसुलभ रूपमा उपलब्ध हुने वस्तु मात्रै  प्रयोगमा ल्याउन सकिए उत्पादनमूलक उद्योगको क्षमता बढ्छ,’ थापाले भने।

सरकारले उद्योग र उत्पादनको सुरक्षा नगर्दा उत्पादनमूलक उद्योगको संरक्षण हुन नसकेको उनको धारणा छ। सरकारले बजेटमार्फत अघि सारेको प्रधानमन्त्री नेपाली प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले यसलाई सहयोग मिल्ने थापाले बताए।

Shivam cement

प्रकाशित: Sep 14, 2022| 16:17 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्