बिहीबार, असोज ८, २०८३

सनराइज बैंक र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता

सनराइज बैंकले युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपिआइ नेपाल)सँग अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गरेको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- सनराइज बैंकले युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपिआइ नेपाल)सँग अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गरेको छ।

बैंकको केन्द्रीय कार्यालय गैह्रिधारामा आयोजित एक समारोहका बीच बैंकका नायव महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले उक्त सम्झौता पत्र आदानप्रदान गरेका हुन्।

२१औं शताब्दीमा विश्वभरी डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोबार भइरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरूको उपयोगमा नेपाल पनि क्रमिक रूपमा अगाडि बढिरहेको छ।

सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ।

यस सेवा सुरू भएपछि भारतमा रहेका नेपालीले युपिआईमार्फत बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरूमा भारतीय बैंककै एपमार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन्। यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ। 

बैंकले २५ हजारभन्दा बढी मर्चेन्ट नेटवर्क, १५९ एटिएम, १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९५ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित: Sep 14, 2022| 15:38 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्