सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकले काठमाडौंको सुन्दरवस्तीमा नयाँ शाखा खोल्यो

एभरेष्ट बैंकले काठमाडौंको सुन्दरवस्तीमा नयाँ शाखा खोल्यो

एभरेष्ट बैंकले काठमाडौं सुन्दरवस्ती भंगालमा नयाँ शाखा खोलेको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९
National life
Shivam cement

काठमाडौं- एभरेष्ट बैंकले काठमाडौं सुन्दरवस्ती भंगालमा नयाँ शाखा खोलेको छ। योसँगै एभरेष्टको शाखा ११९ पुगेको छ।  बुढानिलकण्ठ नगरपालिका वडा ८का अध्यक्ष सुमन तामाङ र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले सो शाखाको उद्घाटन गरे।

कार्यक्रममा काठमाडौं उद्योग वाणिज्य संघका कार्यकारी सदस्य रत्नभुषण चाकुबाजी, बैंकका नायब महाप्रवन्धक गौरबकुमार, बाग्मती प्रदेशका प्रादेशिक प्रवन्धक सन्तोषकुमार भट्टराई र बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती सहभागी थिए। पंजाब नेशनल बैंक भारतसँगको साझेदारीमा स्थापित बैंकको १२ लाख ग्राहक छन्।


प्रकाशित: Sep 14, 2022| 15:36 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्