बिहीबार, असोज ८, २०८३

एनसेलले ल्यायो दसैं योजना

एनसेल आजियाटाले दसैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- एनसेल आजियाटाले दसैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन एक सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन्।

यो योजना आज अर्थात् मंगलबारदेखि सञ्चालनमा आएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार यो योजनाअन्तर्गत एनसेलका ग्राहकले एक सय रुपैयाँको रिचार्ज गर्दा एक दिन मान्य रहने १० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नेछन्।

बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ। ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी १५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्छन्। प्राप्त बोनस रकम तीन दिनका लागि मान्य रहने कम्पनीले बताएको छ।

त्यस्तै, ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी दुई सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरेमा ग्राहकले ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ। बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन्। प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ।

प्रकाशित: Sep 14, 2022| 15:25 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्