काठमाडौं- नेपाली बजारमा रियलमी नाइन प्रो फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ।
स्न्यापड्रागन ६९५ प्रोसेसरसहित उपलब्ध फोनमा १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले दिइएको छ। यसमा ६४ मेगापिक्सेल मुख्य सेन्सरसहित ट्रिपल क्यामरा रहेको छ। त्यस्तै १६ मेगापिक्सेलको वाइड एंगल सेल्फी क्यामरा दिइएको छ। साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर समेत दिइएको फोमा ५००० एमएएचको क्षमताको ब्याट्री छ।
कम्पनीका अनुसार यो स्मार्टफोन स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ। त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले २७ मिनेटमै ५० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ जीबी भेरियन्टमा यो फोन किन्न सकिन्छ, जसको मूल्य ३८ हजार ९९९ तोकिएको छ।