सोमबार, असार १, २०८३

फोर्ड रेन्जर २०२२ का तीन मोडल नेपाली बजारमा

फोर्ड नेपालले नेक्स्ट जेन फोर्ड रेन्जरका तीनवटा मोडलका गाडी नेपाली बजारमा भित्र्याएको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- काठमाडौं-फोर्ड नेपालले नेक्स्ट जेन फोर्ड रेन्जरका तीनवटा मोडलका गाडी नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले कच्ची सडकमा पिकअप क्षमता, तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट ईन्धन किफायती ईन्जिन भएको दाबी गर्दै तीनवटा पिकअप गाडी ल्याएको हो।

National life

६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध भएकाले नेक्स्ट–जेन रेन्जरले भारी सामान राखेर चलाउँदासमेत उत्कृष्ट ड्राईभिङ्गको अनुभव दिने कम्पनीको दाबी छ।

यसमा रहेको ईलेक्ट्रिक पार्किङ ब्रेकले अफ–रोड ड्राईभमा गाडी हाक्न थप सजिलो हुने कम्पनीको विश्वास छ। रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरू मध्ये यसमा मात्र रहेको छ। 

यस्तै, गाडीमा नर्मल ईको, टोहौल र स्लिपरी, मडरुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरू छन्। डिस्प्लेमा नयाँ सुविधान थप गरिएकोको गाडीले ७ किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएम सम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्छ।

त्यसैगरी, गाडीमा भएको अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा सुरक्षित गर्न मद्दत गर्छ। ग्राहकहरूको छनोट तथा मूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन शील्ड पनि उपलब्ध छ।

Shivam cement

नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको ‘एक्सएल’ मोडेलका १ करोड पाँच लाख ९० हजार, ‘एक्सएलटी’का १ करोड १९ लाख ९० हजार र वाइल्डट्र्याकको मूल्य १ करोड ४५ लाख ९० हजार रूपैयाँ तोकिएको छ।

प्रकाशित: Sep 14, 2022| 15:23 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्