बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोनाले थलिएका होटल व्यवसाय उकास्न आतिथ्य सम्मेलन हुँदै

कोरोनाले थलिएका होटल व्यवसाय उकास्न आतिथ्य सम्मेलन हुँदै

महामारीपछि विस्तारै फस्टाउने क्रममा रहेको होटल व्यवसायलाई चलायमान बनाएर बजारीकरण गर्न सम्मेलन सहयोगी हुने हानको विश्वास।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– होटल संघ नेपाल (हान)ले कोरोना महामारीबाट प्रभावित होटल उद्योगको पुनरुत्थान र पर्यटनलाई गतिमा लैजान आतिथ्य सम्मेलन गर्ने भएको छ। हानले आउँदो शनिबार काठमाडौंमा सम्मेलन गरिने बताएको हो।

संघको अर्धवार्षिक साधारणसभा अवसर पारेर गरिन लागेको सम्मेलन यसअघि कोभिडका कारण स्थगित भएको थियो। महामारीपछि विस्तारै फस्टाउने क्रममा रहेको होटल व्यवसायलाई चलायमान बनाएर बजारीकरण गर्न सम्मेलनले सहयोगी भूमिका वहन गर्ने हानकी अध्यक्ष सुजना राणाको विश्वास छ।

सम्मेलनमा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका स्वदेशी तथा विदेशी विज्ञले विभिन्न विषयमा छलफल गर्नेछन्। अर्धवार्षिक साधारणसभा र आतिथ्य सम्मेलनको दुवै दिन होटलमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्री उपलब्ध गराउने कम्पनी र व्यवसायीले प्रदर्शनीमा भाग लिनेछन्।

प्रकाशित: Sep 14, 2022| 15:20 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्