आइतबार, मंसिर ७, २०८२

‘एसिया कपमा छनोट हुने सम्भावना लगभग सकियो’

बहराइनमा जारी यू–२० पुरुष एसिया कप छनोटका सुरुआति दुई खेलमा हार बेहोरेको नेपालले आज तेस्रो खेल खेल्दैछ। नेपालले आज घरेलु टिम बहराइनसँग खेल्ने तालिका रहेको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं– बहराइनमा जारी यू–२० पुरुष एसिया कप छनोटका सुरुआति दुई खेलमा हार बेहोरेको नेपालले आज तेस्रो खेल खेल्दैछ। नेपालले आज घरेलु टिम बहराइनसँग खेल्ने तालिका रहेको छ।

National life

नेपाल र बहराइनको खेल नेपाली समयअनुसार आज बुधबार राति पौने १२ बजेबाट शेख अलि विन मोहमद अल खलिफा रंगालामा सुरु हुनेछ। नेपालले प्रतियोगितामा जित निकाल्न सकेको छैन। पहिलो खेलमा नै नेपाल तुलनात्मक कमजोर टिम भुटानसँग हार बेहोरेको छ।

अब नेपालले बहराइन र बंगलादेशसँग खेल्न बाँकी रहेको छ। नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले पनि नेपाल टिम छनोट हुन नसक्ने भएको बताएका छन्। ‘छनोट हुने सम्भावना न्यून छ किनभने समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न गाह्रो छ। किनभने हामीले दुई खेल हारिसकेका छौं,’ खेलअघि केसीले भने।

आजको खेलमा भने नेपाली टिमको पूर्ण खेल हेर्न पाइने प्रशिक्षक केसीले बताएका छन्। उलने भने, ‘आज नेपाली टिमको सतप्रतिशत खेल हेर्न पाइन्छ। पहिलो खेलमा शारिरीक रुपमा पूर्ण तयार थिएनौं। कतारको स्तर धेरै माथिको थियो। त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ।’

नेपालले पहिलो खेलमा भुटान यू–२० सँग २–० को हार बेहोरेको थियो। त्यसपछि नेपालले कतार यू २० सँग पनि ३–१ को हार बेहार्यो। कतारले आत्मघाति गोल गरेपछि नेपालको खातामा गोल देखिएको थियो। कतारमा आउँदो नोभेम्बर–डिसेम्बरमा विश्वकप हुने भएले उसको सबै क्षेत्रको फुटबलको तयारी धेरै राम्रो रहेको छ। त्यसैले उसलाई जित्न नेपालको लागि अहिलेको सन्दर्भमा गाह्रो छ।

Laxmi sunrise bank
kumari

तर बहराइनलाई हराउने नभएर बराबरीमा रोक्ने नेपाली टिमको आजको लक्ष्य रहने छ।  बहराइनको तापक्रम धेरै भएको कारण पनि नेपाली खेलाडीले पहिलो खेलमा पूर्ण क्षमताका साथ खेल्न सकेका थिएनन्। ‘करिब सात दिन भयो बहराइन आएको हामी। हाम्रा खेलाडी यहाँको समय र वातावरणसँग घुलमिल भइसकेका छन्। त्यसैले राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो,’ प्रशिक्षक केसीले भने।

केसीका अनुसार एएफसी यु–२० एसियन कपमा छनोट हुनेभन्दा पनि राम्रो प्रदर्शन गर्ने नेपाली टिमको प्रमुख लक्ष्य हो।

प्रकाशित: Sep 14, 2022| 15:11 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।