मंगलबार, फागुन १९, २०८२

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुर कार्यदल गठन

नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिको निर्णयअनुसार ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका किर्तिमानी दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ्ग ट्रफी टुर कार्यदल गठन भएको छ। हिजो मंगलबार बसेको नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिको निर्णयअनुसार ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका किर्तिमानी दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा पारस खड्का (पूर्व क्रिकेट कप्तान), दीपक श्रेष्ठ (अध्यक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एवं साग पदकधारी), अरुणा शाही (कप्तान महिला भलिबल) र मिरा राई (अल्ट्रा म्याराथन धावक) सदस्य रहेका छन्।

यही भाद्र ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाबाट उक्त ट्रफी सार्वजनिक गरिने राखेपले जानकारी दिएको छ।

त्यस्तै, ट्रफी सुदूरपश्चिमबाट सुरु गरी सातै प्रदेशका साथै तीन विभागीय टोलीमा पुर्‍याइने ओलम्पियन्स संघका अध्यक्ष समेत रहेका विष्टले जानकारी गराए। नवौं राष्ट्रिय खेलकुद असोज २८ बाट गण्डकी प्रदेशमा सुरु हुने तय भएको छ।

प्रकाशित: Sep 14, 2022| 09:20 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।