शनिबार, मंसिर ६, २०८२

च्याम्पियन्स लिग : लिभरपुलको जित, अर्को खेलमा टोटेनहम हार्‍यो

लिभरपुलको एनफिल्ड मैदानमा भएको खेलमा घरेलु टिमले डच क्लब आयाक्समाथि २–१ को जित निकालेको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- इंग्लिस क्लब लिभरपुलले मंगलबार राति च्याम्पियन्स लिगमा संघर्षपूर्ण जित निकोको छ। लिभरपुलको एनफिल्ड मैदानमा भएको खेलमा घरेलु टिमले डच क्लब आयाक्समाथि २–१ को जित निकालेको हो।

National life

लिभरपुललाई जित दिलाउनका लागि मोहम्मद सलाह र जोयल मतिपले गोल गरेका थिए। उनीहरुले क्रमशः खेलको १७औं र ८९औं मिनेटमा गोल गरेका थिए।

यता खेलको २७औं मिनेटमा आयाक्सका मोहम्मद कुडुसले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए। यससँगै पहिलो हाफमा खेल बराबरी भएको थियो।

तर दोस्रो हाफमा कमब्याक गर्दै लिभरपुलले जित निकालेको हो। यो जितका बाबजुद लिभरपुलले दुई खेलबाट तीन अंक मात्र जोडेको छ। समान तीन अंक भएको आयाक्स तेस्रो स्थानमा रहँदा लिभरपुल  दोस्रो स्थानमा छ।

मंगलबार राति नै समूह डीको खेलमा प्रिमियर क्लब टोटेनहम हट्स्परले हार बेहोरेको छ। स्पोर्टिङ क्लबको मैदानमा भएको खेलमा घरेलु टिमसँग टोटेनहमले २–० को हार बेहोरेको हो।

Laxmi sunrise bank
kumari

खेलको निर्धारित ९० मिनेटको लगभग अन्तिम समयसम्म पनि दुवै टिम गोलरहित बराबरीमा खेलिरहेका थिए। तर ९०औं मिनेटमै स्पोर्टिङको लागि पाउलिन्होले गोल गरेका थिए।

स्टपेज समयमा आर्थुरले अर्को गोल थपेपछि टोटेनहमले गोल फर्काउने अवसर र समय दुवै पाएन। खेलमा कमजोर देखिएको टोटेनहमले ४५ प्रतिशत समय बलमा नियन्त्रण बनाएर १२ पटक विपक्षीको पोस्टमा आक्रमण गरेको थियो।यो जितले स्पोर्टिङको ६ अंक भएको छ भने टोटेनहम ३ अंक जोडेर समूह बीको दोस्रो स्थानमा छ।

प्रकाशित: Sep 14, 2022| 09:00 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।