आइतबार, मंसिर ७, २०८२

च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध बायर्नको जित

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- युरोपेली क्लहरुको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ।

National life

बायर्नकै एलिनाज एरिना रंगशालामा सम्पन्न भएको खेलमा घरेलु टिमले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो। बायर्नलाई जित दिलाउन ५०औं मिनेटमा लुकास हर्नान्डेज र ५४औं मिनेटमा लिरोय सानेले गोल गरेका थिए।

यता बार्सिलोनाले खेल समयभरी ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाएर बायर्नको पोस्टमा १८ पटक आक्रमण गरे पनि कुनै प्रयास सफल हुन सकेन। र, बायर्नले क्लिन सिट राख्यो।

यो हारका बाबजुद बार्सिलोना ३ अंकका साथ समूह सीको  दोस्रो स्थानमा छ भने ६ अंक बनाएको बायर्न शीर्षस्थानमा छ। सोहि समूहको अर्को खेलमा भने इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई हराएको छ। ६१औं मिनेटमा १० खेलाडीमा समेटिएको भिक्टोरीयालाई इन्टरले २-० गोलले हराएको हो।

यता अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई भने जर्मन क्लब लिभरकुसनले २-० ले हराएको छ। गएरातिकै खेलमा लिभरकुसनले पहिलो जितसँगै तीन अंक जोडेको छ। समूह बी कै अर्को खेलमा भने पोर्टोमाथि जित निकालेर क्लब ब्रुग ६ अंक बनाउँदै समूहको शीर्षस्थानमा छ।

Laxmi sunrise bank
kumari

पहिलो खेलमा पोर्टोलाई हराएको एट्लेटिको चाहिँ ३ अंकका साथ तेस्रो स्थानमा छ। पोर्टोले अहिलेसम्म खाता खोल्न सकेको छैन।

प्रकाशित: Sep 14, 2022| 08:45 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।