मंगलबार, साउन १९, २०८३

सरकारद्वारा प्रहरीका चुनावी कमान्डर थापाको सरुवा

सरकारले गृहसचिव टेकनारायण पाण्डेसँगै नेपाल प्रहरीका एआईजी सहकुल थापाको सरुवा गरेको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

काठमाडौं- सरकारले गृहसचिव टेकनारायण पाण्डेसँगै नेपाल प्रहरीका एआईजी सहकुल थापाको सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर हो। उनलाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ।

मंसिर ४ को चुनाव नजिकिएसँगै सरकारले कर्मचारीहरूको सरुवा र बढुवालाई तीव्रता दिएको छ। थापाको सरुवासँगै कार्यविभागमै कार्यरत डीआईजी वसन्त कुँवरले चुनावी कमाण्ड सम्हाल्ने भएका छन्। 

यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्दराज आचार्यले भदौ २३ देखि अवकाश पाएपछि निर्देशक पद रिक्त थियो।

उनलाई शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नै पहिलो नम्बरमा राख्दै डीआईजीमा बढुवा गरेको थियो।

प्रकाशित: Sep 14, 2022| 07:00 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...